October 19, 2021

Halkhabar kura

Entertainment Site

माघ ३० गते ग्याल्पो लोसारको सार्वजनिक बिदा

1 min read

सरकारले ग्याल्पो लोसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्ष बौद्ध धर्मावलम्बीको नयाँ वर्ष तथा महान् चाड ‘च्याक फो लङ लो’ २१४८ औँ ग्याल्पो लोसार माघ ३० गते परेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ग्याल्पो लोसारलाई नयाँ वर्षको रुपमा शेर्पा ह्योल्मोलगायतका हिमाली बौद्ध धर्मावलम्बी समुदायले मनाउने गर्दछन् ।

यसअघि सरकारले कार्यदिन बढाउन भन्दै लोसार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो । तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा मनाइएको तमु ल्होसारको दिन भने सरकारले सम्बन्धित जाती समुदायलाई मात्रै विदा दिएको थियो ।

सरकारले २०५१ सालदेखि ग्याल्पो लोसारको दिन बिदा दिँदै आएको थियो । तर ओली नेतृत्वको सरकारले २०७४ सालदेखि सो दिनको बिदा कटौती गरेको थियो । सो वर्ष पुरै बिदा दिने गरिएका १० वटालाई आंशिक बनाइएको थियो भने १२ वटा बिदा पूर्णरुपमा कटौती गरिएको थियो ।