November 28, 2021

Halkhabar kura

Entertainment Site

महोत्तरीमा जनता आवासको नाममा गरिबको उठिबास (भिडियाे)

1 min read

तीन वर्ष अगाडि भएको छाप्रो पनि भत्काएर पक्की घर बनाउन सुरु गरिएको थियो । ती घरका निर्माण कार्य अलपत्र परेको छ । चिसोका कारण प्रदेश २ का ८ हजार गरिब, दलित, पिछडिएका जाति तथा समुदायका जीवन कष्टकर बनेको छ । जनता आवास कार्यक्रम महोत्तरीमा अलपत्र परेपछि ७ सय ५३ घरपरिवार शीतलहरसँगै बढ्दो चिसोमा खुला आकाशमुनि रात काट्न बाध्य छन् ।

महोत्तरीको भंगाहा नगरपालिका ३ की रजिया देवी सदालाई साँझ पर्न थालेपछि रात काट्ने चिन्ताले सताउन थाल्छ । चिसोले उनलाई दिनभन्दा रात कटाउन निकै ग्राहोे हुने गरेको छ । लक्षित वर्गका लागि संघीय सरकारको नयाँ दुई कोठे पक्की घर बनाइने योजनाअनुरुप पुरानो घर भत्काइदिएपछि वर्षायामको झरी र जाडोमा शित छल्ने घरसमेत नहुँदा ३ वर्षदेखि महोत्तरीका आर्थिक रूपमा विपन्न परिवार कष्टकर जीवन बिताउँदै छन् ।

भंगाहा नगरपालिका ३ की ७० वर्षकी मुनेसरी सदाले नयाँ घरमा बस्ने आश नै मरिसकेको बताइन् । दुई हिउँद र तीन वर्ष खुला आकाशमा दिनरात काटेका उनका श्रीमान् जुलमा सदाको गत भदौं १० गते मृत्यु भयो ।

आर्थिक बर्ष २०७२–२०७३ मा महोत्तरीमा ५२२ घर बनाउन लाभग्राहीसंग सम्झौता गरिएको थियो । दुई वर्षमा प्रदेश-२ का जिल्लाका करिब ८ हजार २ सय घर निर्माण कार्य थालिएको थियो। ७५ प्रतिशत घरको निर्माण कार्य अधुरै छन्। कुनै जिल्लामा घरको जग खनेर त्यसै छ। कहीं घरको काम गारोमै सीमित छ। कहीं छानो नै छैन।

Leave a Reply

Your email address will not be published.