November 28, 2021

Halkhabar kura

Entertainment Site

आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध 

1 min read

काठमाडौं । नेपाली काँग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा काँग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको भन्दै काँग्रेसले तेस्रो दिन पनि संसद अवरुद्ध गरेको हो ।

काँग्रेसको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २८ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो । यसैबीच, सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उठाएको विषय संसदबाट संबोधन गर्न नसकिने भन्दै संसद सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा काँग्रेसले आज पनि संसद अवरुद्ध गरेपछि सभामुख सापकोटाले संसद सञ्चालनमा सहयोग माग गर्नुभयो ।

यसअघि दुई पटकसम्म संसद अवरुद्ध गर्दा आफूले काँग्रेसको कुरा गम्भीरतापूर्वक सुनेको भन्दै सभामुख सापकोटाले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद अवरुद्ध गरिरहनुको औचित्य नहुने बताउनुभयो ।

जनप्रतिनिधिमूलक थलो संसदलाई गतिशील र चलायमान बनाइराख्नुपर्ने भन्दै सभामुख सापकोटाले काँग्रेसलाई आफ्नो सरोकार संसदको विशेष समयमा राख्न पनि सुझाव दिनुभयो ।

नेपाली काँग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा काँग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको भन्दै काँग्रेसले तेस्रो दिन पनि संसद अवरुद्ध गरेको हो ।

काँग्रेसको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २८ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो । यसैबीच, सभामुख सापकोटाले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उठाएको विषय संसदबाट संबोधन गर्न नसकिने भन्दै संसद सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा काँग्रेसले आज पनि संसद अवरुद्ध गरेपछि सभामुख सापकोटाले संसद सञ्चालनमा सहयोग माग गर्नुभयो ।

यसअघि दुई पटकसम्म संसद अवरुद्ध गर्दा आफूले काँग्रेसको कुरा गम्भीरतापूर्वक सुनेको भन्दै सभामुख सापकोटाले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद अवरुद्ध गरिरहनुको औचित्य नहुने बताउनुभयो ।

जनप्रतिनिधिमूलक थलो संसदलाई गतिशील र चलायमान बनाइराख्नुपर्ने भन्दै सभामुख सापकोटाले काँग्रेसलाई आफ्नो सरोकार संसदको विशेष समयमा राख्न पनि सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published.