January 24, 2022

Halkhabar kura

Entertainment Site

पुस ११ का निर्णय सच्याउनु पर्ने मागसहित जिल्ला सभापतिहरुले देउवालाई भेट्दै

1 min read

काठमाडौँ । नेपाली कांग्रेस असन्तुष्ट पक्षका सभापतिहरुले आज पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् । पार्टी नेतृत्वले एकलौटी ढंगले पार्टी चलाएको र बहुमतका आधारमा महाधिबेशनको मिति तोक्ने लगायतका काम गरेको भन्दै कांग्रेसको असन्तुष्ट पक्षले संस्थापन पक्षलाई दवाव दिने र निर्णय सच्याउन लगाउने उदेश्ले जिल्ला सभापतिहरुको भेला बोलाएको थियो ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा ३ दिन सम्म चलेको सभापतिहरुको भेलाले पार्टी सभापतिलाई निर्णय सच्याएर सहमतिका साथ अगाडी बढ्नका लागि दवाव दिने निर्णय गरेको थियो । भेला चलिरहेकै समयमा सभापति देउवाले आज विहान १० बजे बुढानिलकण्ठ स्थित आफ्नै निवासमा जिल्ला सभापतिहरुलाई छलफल का लागि बोलाउनु भएको छ ।

नेपाली कांग्रेसका काभ्रे जिल्ला सभापति मधु आचार्यका अनुसार काठमाडौँमा जम्मा भएका सभापतिहरुले आज देउवालाई भेटेर भेलाको निस्कर्ष सुनाउने र यस अघिका निर्णय सच्याएर सहमतिका साथ अगाडी बढ्न आग्रह गर्ने छन् । नेपाली रेडियो नेटवर्कसँग कुरागर्दै जिल्ला सभापति आचार्यले नेपाली कांग्रेसको पछिल्लो अवस्थाका विषयमा भएको छलफलको निचोड पार्टी सभापति समक्ष राख्ने बताउनुभयो ।

उहाँले सत्तापक्षबाट विभिन्न विधेयक मार्फत भइरहेको जनताको अधिकार माथिको दमनका विरुद्धमा कांग्रेस जानुपर्ने अवस्थामा पार्टीलाई बहुमत र अल्पमतमा लानु ठिक नभएको भन्दै महाधिबेशन एकताकाबीच हुनुपर्ने र पार्टी एक बनाएर सभपतिले जानुपर्ने बताउनुभयो ।

आचार्यले भन्नुभयो,‘महाधिबेशनको कार्यतालिका सहमतिमा हुनुपर्छ । परम्परालाई तोड्ने काम गर्नुभएन । अझै पनि समय छ । हामीलाई यो भेला गर्ने अधिकार भएपनि यसबाट अर्को समानान्तर समिति बनाउने कुरा भएको छैन । हामी पार्टीलाई बचाएर लान्छौ । कांग्रेसले आफ्नो पहिचान बचाउने हो भने जनताका अधिकारका विषयमा काम गर्नुपर्छ । यसका लागि पार्टी सभापतिले पुस ११ गतेका केहि निर्णयहरु सच्चएर जानुपर्छ’ ।

Leave a Reply

Your email address will not be published.