October 19, 2021

Halkhabar kura

Entertainment Site

सचिवालय बैठक बोलाउनै पर्ने बाध्यतामा ओली, नत्र बहुमत सदस्य अगाडि बढ्ने

1 min read

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल सचिवालय बैठक बोलाउन बाध्यकारी अवस्था आएको नेपकपाका नेताहरुले बताएका छन् । बहुमत सदस्यले हस्ताक्षर सहित बैठक बोलाउन माग गरेकाले उहाँले तत्काल सचिवालय बैठक बोलाउनु पर्ने उनीहरुको भनाई छ ।

नेकपा स्थायी समिति सदस्य युवराज ज्ञवालीले कतिपय संरचनामा एक तिहाइले बैठक बोलाउन माग गरेपनि बैठक बोलाउनु पर्ने व्यवस्था रहेको जानकारी दिनुभयो । बहुमत सदस्यले नै माग गरेको बैठक बोलाउनु पर्ने बाध्यता सामान्य लोकतान्त्रीक मान्यता अनुसार पनि हुने उहाँको भनाई छ ।

सचिवालय बैठक बोलाउन केही हप्तादेखि मौखिक रुपमा आग्रह गर्दै आएका सचिवालयका पाँच सदस्यले हिजो अध्यक्ष ओलीलाई भेटेर लिखित रुपमै बैठक बोलाउन माग गरेका थिए। ओलीले भने बैठक बोलाउन अझै इन्कार गरिरहेका बेला नेकपाकै नेताहरुले उहाँलाई बैठक बोलाउनु पर्ने बाध्यकारी अवस्था सृजना भएको दावी गरेका हुन ।

अध्यक्ष ओलीले केही दिनमा बैठक नबोलाए अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत सदस्यले सचिवालय बैठक संचालन गरेर निर्णयहरु गर्ने अनुमान गरिएको छ । प्रधानमन्त्री र अध्यक्ष दुवै जिम्मेबारीमा रहेका ओलीको अनुपस्थीति र असहमतीका बीचमा बैठक बसेमा पार्टी भित्रको विवाद थप चर्किदै जाने देखिएको छ ।

नेकपा सचिवालयमा कार्यकारी अध्यक्ष दाहाल, पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ गरी पाँच जना एक पक्षमा हनुुहुन्छ भने प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री तथा पार्टीका महासचिव विष्णु पौडेल र गृह मन्त्री रामबहादुर थापा बादल गरी चार जना अर्को पक्षमा हुनुहुन्छ ।

विषेश गरेर भारतीय गुप्तचर प्रमुख सामन्त कुमार गोयलसँगको गोप्य र रहस्यम भेटवार्ता, सल्लाह विना मन्त्रीहरुको नियुक्ति, सरकारका कतिपय विवादास्पद निर्णय, पार्टी एकिकरणको बाँकी कामलगायतका विषयमा छलफल गर्न उनीहरुले सचिवालय बैठक बोलाउन माग गर्दै आएका छन् ।

तर पार्टी अध्यक्ष ओलीले भने अहिले बैठकको आवश्यकता नरहेको भन्दै बैठक बोलाउन अस्विकार गर्दै आउनु भएको छ । ओलीले पार्टी फुटाएर जान अर्का अध्यक्ष प्रचण्डलाई सुझाव दिएको विषयले पनि पार्टी भित्रको विवाद चर्किदै गएकाले बैठकको आवश्यकता भएको असन्तुष्ट पक्षको दावी छ ।

Leave a Reply

Your email address will not be published.