October 17, 2021

Halkhabar kura

Entertainment Site

काँग्रेस केन्द्रीय समिति बैठक अनिश्चित

1 min read

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस भित्र लगातार भइरहेको छलफल अझै अनिर्णित भइरहेको छ । केही दिनदेखि बसिरहेको पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक अझै अनिर्णित भएको हो ।

पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठक अनिर्णित हुँदा भोली बस्ने तय भएको केन्द्रीय समितिको बैठक पनि अनिश्चित भएको छ । वरिष्ठ नेता पौडेल पक्षले असोज १२ मा सभापति शेरबहादुर देउवाले गरेका निर्णय विधानविपरीत रहेको भन्दै बुझाएको विरोध पत्रको सुनाइ गर्ने बारेमा बैठकमा छलफल भइरहे पनि कुनै समाधान निस्केको छैन ।

१६ बुँदे विरोधपत्रको वरिपरि रहेर समाधान खोज्नुपर्ने पौडेल पक्षको माग भएपनि देउवा पक्षले त्यसलाई अस्विकार गर्दै आएको छ। देउवा पक्ष विगतका निर्णय विधानमा टेकेर भएको दाबी गर्दै निर्णय नसच्याउने पक्षमा छ।

केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको नयाँ कार्य तालिका र सरकारविरुद्ध विरोधका कार्यक्रम तय गर्नु अघि पार्टी भित्रको अन्य आन्तरिक विवाद मिलाउन पदाधिकारी बैठक बसिरहेको हो ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण, फरक दलबाट आएकाको समायोजन र क्रियाशील सदस्यता, भातृ संस्थाको पदावधि लगायतका विषयमा उत्पन्न विवाद नमिल्दा सम्म महाधिवेशनको मिति सार्ने र सरकार विरुद्ध आन्दोलन गर्ने कार्य गर्न नसकिने उनीहरुको भनाई छ ।

पौडेल पक्षसँग नै विवाद कायमै रहेको र पार्टीका केन्द्रीय सदस्यहरु नै धमाधम कोरोनाभाइरसबाट सङ्क्रमित भइरहेकाले केन्द्रीय बैठक थप अन्यौलमा परेको हो । कतिपय नेताहरुले भने आजको पदाधिकारी बैठकले केही निकास निकाल्न सक्ने संभावना धेरै रहेको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.