October 28, 2021

Halkhabar kura

Entertainment Site

जाने हैन अमेरिका, खुल्यो डिभी!

1 min read

सन् २०२२ को डाइभर्सिटी भिसा डीभी कार्यक्रम खुला गरिएको छ । डीभीका लागि आवेदन दर्ता अवधि बुधबार, अक्टोबर ७, २०२० देखि सुरु हुने गरी डीभी खुला भएको छ । उक्त अवधि मंगलबार, नोभेम्बर १०, २०२० मा बन्द हुनेछ ।

इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी ( आवेदन निस्शुल्क डीभी कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन ।

( कन्सल्टेन्टको आवश्यकता नपर्ने स् अमेरिकी दूतावास तपाईंहरुलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला ।

( फाराम अनलाइनमार्फत भर्नुपर्ने स् सन् २०२२ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा धधध।मखयिततभचथ।कतबतभ।नयख मा गइ इलेक्ट्रोनिक डाइभर्सिटी भिसा ई(डीभी आवेदन फारम भर्नु पर्नेछ ।

( पारिवारिक विवरण खुलाउनुपर्ने स् दर्ता गर्दा तपाईंले आफ्ना पति र पत्‍नी र आवेदनको समयमा २१ वर्ष पूरा नभएका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

( एक जनाका लागि एउटा आवेदन स् तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।

( हालसालै खिचिएको फोटो स् अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा आवेदन अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।

( बहालवाला, म्याद समाप्‍त नभएको राहदानीको विवरण आवश्यक स् यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नै पर्नेछ ।

( आफ्नो कन्फर्मेशन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् स् यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।

( आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिनुहोस् ।

( तपाईं डीभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे ८, २०२१ मा आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नु हो ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन

Leave a Reply

Your email address will not be published.