October 17, 2021

Halkhabar kura

Entertainment Site

निषेधाज्ञा खुकुलाे गर्दै काठमाडौं उपत्यकामा जाेरबिजाेर लागू गर्न सुझाव, पढेर तपाइको प्रतिक्रिया दिनुहोस

1 min read

काठमाडौं – काठमाडौं उपत्यका नगरपालिका फोरमले जारी नि’षेधाज्ञा खुकुलो पार्दै यातायात स’ञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न माग गरेको छ ।

काठमाडौंमा मङ्गलबार बसेको फोरमको बैठकले सार्वजनिक यातायात बाहेकको सवारी सञ्चालनमा जोरबिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ । नि’षेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने क’डाइ गर्नुपर्ने निष्कर्ष निकालेको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार काठमाडौं भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप क’डाइ गर्नसमेत सरकारलाई सुझाव दिइएको छ । नेपाल प्रहरी शान्ति सुरक्षा तथा अ’पराध नि’यन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले नाकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने फोरमको निष्कर्ष रहेको समेत उनले जानकारी दिए ।

यस्तै फोरमले बिहीबारदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा स’ञ्चालन गर्ने निर्णय पनि गरेको छ । सरकारले स्थानीय सरकार सञ्चालन ऐन संसोधन गर्न लागेकाले त्यसका लागि सुझाव दिन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलसमेत गठन गरेको श्रेष्ठले जानकारी दिए ।

शिक्षक दरबन्दी मिलानका सन्दर्भमा उपत्यकाबाट शिक्षक कटौती गर्न लागेको भन्ने जानकारी आएकाले त्याे कार्य तत्काल स्थगित गर्न र तलब भत्ता नपाएका शिक्षकको तत्काल तलब भत्ता नि’कासा गर्न पनि फोरमले माग गरेको छ । बैठक उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष चिरिबाबु महर्जनको अध्यक्षतामा बसेको थियो ।hrhub.com

Leave a Reply

Your email address will not be published.