October 29, 2021

Halkhabar kura

Entertainment Site

इटहरीका मेयर द्वारिकलाल चौधरी सिधै यस्तो भन्छन् (भिडियोसहित)

1 min read

खरो रुपमा विचार अभिव्यक्त गर्ने भएकाले सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी बारम्बार चर्चामा आइरहन्छन् ।

दुईवर्षअघि मात्रै उनले घुस लिएको भन्दै नगरपालिकाका केही ईन्जिनियर र कर्मचारीलाई कार्यालयबाट कठालो समाएर बाहिर निकाले। यो घट्नाले चौधरीलाई एकाएक चर्चामा ल्यायो ।

सोहि घट्नाको रिपोर्टिङ्गका क्रममा इटहरीका पत्रकार विराट अनुपमलाई उनले फोनमै थर्काए। ‘तेरो नाकको डाँडी भाँच्न १ करोड छुटयाएको छु’ भन्दै थर्काएरको फोनबार्ता सार्बजनिक भएपछि मेयर चौधरीको चर्चा उत्कर्षमा पुग्यो ।

नेकपाका नेता योगेश भट्टराई र शंकर पोख्रेलले सामाजिक सञ्जालमा मेयर चौधरीको अभिब्यक्ति गलत भएको भन्दे आत्मालोचना गर्न सुझाब दिए । तर, उनले आफुलाई कसैले केहि गर्न नसक्ने भन्दै प्रधानमन्त्री एवम पार्टीका अध्यक्ष केपी शर्मा ओली समेतलाई ठाडो चुनौती दिए ।

सामाजिक सञ्जालमा बिभिन्न ट्रोल र नाक बिगारिएका तस्बिरहरु भाईरल भए । धेरै ब्यक्तिले मेयर चौधरीले सही गरेको भन्दै उनको पक्षमा गोली थाप्न समेत तयार भएको अभिब्यक्ति दिए। यस्ता अभिब्यक्तिसहितका भिडियो सामाजिक सञ्चालनमा सार्बजनिक भए भने धेरैले चाँहि मेयरको भ्रष्टाचार र पितपत्रकारिता बिरुद्धको अभियान सकारात्मक भएपनि प्रस्तुति गलत भएको बताएका छन ।