October 28, 2021

Halkhabar kura

Entertainment Site

३९ श्रीमतीहरुका धनी ‘जिओना’को १८१ सदस्य भएको बिश्वकै ठुलो परिवार हो यो ! (भिडियोसहित)

1 min read

मिजोरम, भारत ।

विश्वकै ठुलो परिवारको रुपमा भारत मिजोरमका ७५ बर्षिय “जिओना चना” को परिवारले विश्व रेकर्ड कायम राखेको छ।

१८१ जना पारिवारिक सदस्यहरु रहेको जिओना चनाको ३९ श्रीमती, ९४ सन्तान, १४ बुहारी र ३३ नातिनातिना रहेका छन र सबै जना चारतले घरमा मिलिजुली र हाँसीखुसी बस्छन् ।

सिंगो परिवारका १८१ सदस्यका लागि दैनिक ३० किलो मासु, ६० किलो आलु र ५० किलो चामलको भात पाक्ने गर्छ । आफूलाई चाहिने खाद्य सामग्री आफ्नै खेतबारीमा उब्जाउँछन्, मिलेर सबैले बराबर काम गर्छन् ।

जिओनाका ठुलो छोरा नै ५२ बर्षका छन् जसको नाम पारलियाना हो।

महँगीको यो जमाना । बजारमा वस्तुको मूल्य अचाक्ली बढेको बढ्यै छ । अझ खाद्य पदार्थको त कुरै नगरे भो । त्यसको मूल्य आकाशै छुने गरी वृद्धि भएकै छ । समय–समयमा भाउ बढ्ने क्रम पनि रोकिएको छैन ।

एउटै परिवारलाई पाल्न पनि मानिसलाई धौ–धौ पर्छ । व्यक्तिलाई परिवारका सदस्यहरूको मुखमा दुई छाक माड जुटाउनै कडा संघर्ष गर्नुपर्छ ।

तर “जिओना चना”ले यसलाई सजिलै सामना गरिरहेका छन । यिनको जन्म सन १९४५ मा भएको हो ।

पेसाले सिकर्मी उनको बख्तबाङ गाउँमा चारतले पक्की घर छ । जसमा सयजति कोठामा आफ्ना परिवारका सबै सदस्यलाई अटाउन भ्याएका छन् ।

जिओना भन्छन्, ‘मेरो पहिलो विवाह १७ वर्ष उमेरमा भएको थियो ।’ जम्बो परिवारलाई मिलाएर राख्ने गरेको एक जिज्ञासामा उनले परिवारमा सेनाको जस्तै अनुशासन रहेकाले सम्भव भएको बताए । उनकी प्रथम श्रीमतीले सबैलाई काम अह्राउने गरेकी छिन् ।

जिओनाको घरमा प्रतिदिन ३० किलो कुखुराको मासु, ६० किलो आलु र झन्डै ५० किलो चामलको भात पाक्ने गर्छ । यसरी उनको परिवारमा वार्षिक रूपमा  खानाको लागि ठुलो लाग्छ  यो रकम जुटाउनु धेरैका लागि असम्भव हुन सक्छ । जिओनाले यतिका रकमको बन्दोबस्त बिनातनावै गर्ने गरेको बताउँछन् । यो खर्चमा औषधि उपचार, कपडालगायतका अन्य समावेश गरिएको छैन ।

उनको परिवारबारे अर्को रोचक प्रसंग पनि छ त्यो हो, निर्वाचनमा सबैले एउटै उम्मेदवारलाई मतदान गर्नु । त्यसैले निर्वाचनको बेला उनको परिवारको महत्त्व झनै बढ्ने गरेको छ ।

जिओनाको अर्को रोचक प्रसंग भनेको विवाह हो । उनले ३९ जना श्रीमती कसरी भित्र्याए ? धेरैको जिज्ञासा यही नै रहने गरेको छ ।

यसबारे उनी भन्छन्, ‘गाउँकी निर्धन महिलासँग विवाह गर्छु र तिनलाई चाहिने सबै कुरोको चाँजोपाँजो पनि मिलाउँछु । विशाल बैजनी कंक्रिटबाट निर्मित मेरो जिओना हबेलीमा नव आगन्तुक श्रीमतीलाई सबैले हाँसीखुसी स्वागत गर्छन् । सम्मान पनि ती सबैले बराबरै पाउँछन् ।