October 19, 2021

Halkhabar kura

Entertainment Site

माओबादीबाट एमाले भएका यी चारै जनाको ‘सांसद पदसँगै मन्त्री पद’ पनि चैट !

1 min read

नेकपा माओवादी केन्द्रले आफ्तो तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने चार मन्त्रीहरुलाई पदमुक्त गरेको छ।

सो पार्टीका तर्फबाट मंगलबार संसद् सचिवालयमा दर्ता गरिएको दल त्यागको पत्रअनुसार बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले सूचना पढेर सुनाएका हुन्।

सांसद् पद गुमाउनेहरुमा टोपबहादुर रायमाझी (ऊर्जा, जलस्रोत तथा सिँचाइ), लेखराज भट्ट (उद्योग, वाणिज्य तथा आपूर्ति), प्रभु साह (सहरी विकास) र गौरीशंकर चौधरी (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) छन्। उनीहरु क्रमशः अर्घाखाँची, कैलाली, रौतहट र कैलालीबाट निर्वाचित भएका थिए।

चारै जना माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरु साबिकको नेकपा विभाजित हुँदा अध्यक्ष एवं प्रधानमन्त्री ओली केपी शर्मा ओलीतिर लागेका थिए ।

उनीहरु संविधानको धारा ७६ को उपधारा (९) अनुसार मन्त्री बनेकाले अहिले सांसद् पदबाट मुक्त भएपछि मन्त्री पदबाट पनि मुक्त हुने बताउँछन् अधिवक्ता सुनिल पोखरेल। संविधानको धारा (९) मा भनिएको छ- ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्नेछ।’

संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएका व्यक्तिलाई पनि मन्त्री नियुक्त गर्नसक्ने उल्लेख छ । यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्नेछ, नभए तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर मन्त्री पदमा पुनः नियुक्तिका लागि अयोग्य हुनेछ ।