September 24, 2021

Halkhabar kura

Entertainment Site

नेपालकै पहिलो थ्रीडी म्यूजियम- जहाँ ‘सगरमाथादेखि अमेजन जंगलसम्मको’ थ्रीडी फोटो खिच्न पाइन्छ (भिडियो)

1 min read

दुनियाँको सात आश्चर्य ठाउँ पुग्न मन छ? अमेजनको जंगल नि? कि समुद्रभित्रको संसारमा माछा र जलपरीसँग फोटो खिच्न मन छ?

यी ठाउँमा फोटो खिचेको अनुभव लिन अब हजारौं खर्चेर विदेश धाइरहनुपर्दैन। काठमाडौंकै एक संग्रहालयमा प्रत्यक्ष अनुभव गर्दै विभिन्न ‘पोज’ मा खिच्न सकिन्छ।

काठमाडौं मलमा थ्रीडी संग्रहालय ‘आर्ट इन प्याराडाइज’ खुलेको छ। मलको पाँचौं तलामा रहेको आर्ट इन प्याराडाइज नेपालकै पहिलो थ्रीडी संग्रहालय भएको सञ्चालकहरू बताउँछन्। यहाँ कोरिएका चित्र झट्ट हेर्दा सामान्य लाग्नसक्छ। तर यहाँ फोटो, भिडिओ खिचाएर हेर्नुस्, थ्रीडी चित्रको भिन्नता आफैं पत्ता लाग्नेछ।

यहाँ नौ थ्रीडी सेक्सनसँगै एउटा फोरडी र एउटा ३६० डिग्री भ्यू सेक्सन छ। सांस्कृतिक, संसारका सात आश्चर्य, फ्यान्टासी वर्ल्ड, अमेजन जोन, हिमाली भेग, जलीय तथा ध्रुवीय क्षेत्र, एक्वारियम वाकवे र समुद्रको गहिराइ अनुभूति थ्रीडीमा पाउन सकिन्छ।

फोरडीमा हिमश्रृंखलाको अनुभव पाउन सकिन्छ। हिमालमै पुगेको अनुभव दिन यहाँको तापक्रम -४ डिग्रीसम्म पुर्‍याइन्छ। फिँजको मद्दतबाट ‘हिउँ’ पनि पारिन्छ। यो सेक्सनमा हिमालको टुप्पोमा पुगेर झन्डा फहराउँदै फोटो र भिडिओ खिचाउन सकिन्छ।