November 27, 2021

Halkhabar kura

Entertainment Site

देउवामाथि “नेता चोरेको” गम्भीर आरोप लगाउदै रामचन्द्र पौडेल (भिडियोसहित)

1 min read

नेपाली कांग्रेसभित्र महाधिवेशन लक्षित विवाद र शक्ति संघर्ष चर्कँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेलको राजनीति जटिल मोडमा पुगेको छ। उनी आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने योजनामा छन् । तर महाधिवेशनको जोडघटाउमै सभापति शेरबहादुर देउवाले गरेको गुट विस्तार र आफ्नै पक्षका धेरै जनामा देखिएको उम्मेद्वारीको महत्वाकांक्षा नेता पौडेलका लागि टाउको दुखाई बन्न पुगेको छ ।

नेपाली कांग्रेसभित्र एक बर्षपछि हुने महाधिवेशनको गुटगत चटारो यति तिव्र छ कि, सभापति देउवाले चार वर्षसम्म थाँती राखेको २० वटा विभाग गठनलाइ ७२ घन्टाभित्र टुंग्याइदिए । तर यसमा वरिष्ठ नेता पौडल र उनको पक्षले कडा आपत्ति जनाइरहेको छ । सभापति देउवाले आफ्नै गुटका नेतालाई तानेर विभागीय जिम्मेवारी दिएपछि पौडेल उनीसँग झन क्रुद्द भएका छन् ।

प्रस्तावित तर हाल स्थगित उपसभापतिहरुको भेला बहिस्कारदेखि आइतबार हेटौँडा पुगेर पौडेलले जनाएको असन्तुष्टि त्यसैका श्रृंखला हुन्। हुन त शुरुमा अघिल्लो पटक संसदीय दल, त्यसपछि पार्टी सभापति र २०७४ सालमा भएको संसदीय निर्वाचन समेत पराजय भोगेपछि वरिष्ठ नेता पौडेल राजनीतिक संकटमा परेका थिए ।

अहिले फेरि उनी २०७७ साल फागुनका लागि तय भएको कांग्रेस महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्न चाहन्छन । तर आफ्नै टिमभित्र आकांक्षी बढी भएकाले तिनको व्यवस्थापन चुनौतिपुर्ण त छँदैछ, अझ देउवाले उनकै समुहका केन्द्रदेखि जिल्ला तहसम्मका नेतालाई तानेर जिम्मेवारी दिएपछि पौडेललाइ झनै अप्ठेरो परेको छ । यसअघि पौडेल पक्षले पार्टी महाधिवेशनको मितिबारे केन्द्रीय समिति बहिस्कार गरेर छुट्टै जिल्ला सभापति भेलासम्म बोलाएको थियो ।

तर सभापति देउवाले नेविसंघमा मागेजति भाग दिएपछि पौडेल चुपचाप केन्द्रीय समितिमा मात्र आएनन्, देउवाले तोकेको महाधिवेनको मिति अनुमोदन पनि गरे । अहिले नेता पौडेल आफ्नो समुहका नेता चोरी भएको आरोप लगाइरहेका छन् । तर संस्थापन इतरकै नेताहरु पनि पौडेलको नितीमा प्रष्टता नभएको भन्दै असन्तुष्ट छन् । पौडेलको राजनीतीक जीवनका लागि पार्टीको आगामी महाधिवेशन वार कि पारको हुनेछ । त्यसैले पनि पौडेल यतिबेला के गरौँ र कसरी गरौँ भन्ने दोहोरो छटपटीमा देखिन्छन् ।

खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्षी कांग्रेस नै सरकारसँग भागबण्डामा रमायो

संसदमा सुस्त भूमिका मात्रै निर्वाह गरिररहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारसँग भागवण्डा गरेर सुदुरपश्चिम र संस्कृत विश्वविद्यालयको उपकुलपति हात पारेको छ । सात महिनादेखि उपकुलपति रिक्त रहेका छ वटा विश्वविद्यालयमध्ये प्रधानमन्त्रीले प्रतिपक्षी कांग्रेससँगको मोलमोलाइका आधारमा सोमबार दुइ विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको हो ।

कांग्रेसले करिब आधा जति विश्वविद्यालयमा आफ्नो सिफारिसका उपकुलपति पाउनुपर्ने माग गरिरहेको थियो । रोचक त के भने त्रिभुवन विश्वविद्यालयमा रिक्त शिक्षाध्यक्षसम्ममा कांगेस यतिबेला भाग खोजिरहेको छ । यसबाहेक संवैधानिक निकायहरुको नियुक्तिमा कांग्रेसले गरिरहेको दाबीको सूचि लामै छ ।

बहुदलीय व्यवस्थामा सबैभन्दा लामो शासकीय अनुभव भएको र सरकारलाइ खबरदारी गर्ने राजनीतिक भूमिका पाएको प्रमुख प्रतिपक्षी सरकारको सहयोगी जसरी राज्यसत्तामा भाग खाएर रमाउनु अस्वाभाविक छ ।

प्रमुख प्रतिपक्षीसँगको साँठगाँठले स्वाभाविक रुपमा सबैभन्दा खुशी सत्ताधारी नेकपा नै छ। तर पार्टी नेतृत्वको यस्तो कार्यशैलीविरुद्ध पार्टीभित्र ठूलो मत नभएको होइन । ०६३ को राजनीतीक परिवर्तनपछि भागबन्डाको राजनीतीक संस्कारका रुपमा विकसित भयो । त्यही संस्कारको परिणामस्वरुप अहिले प्रतिपक्षीलाइ सानो तिनो भाग दिएर उसका मुखमा बुजो लगाउने रणनितीमा सत्तापक्ष सफल देखिएको छ ।

Leave a Reply

Your email address will not be published.