November 28, 2021

Halkhabar kura

Entertainment Site

भ्रष्टाचार निर्मुल पार्न नभई जस्तोसुकै दाग लागेका आफ्ना नेताहरु बचाउन मात्रै कांग्रेसले विरोध गर्छ !

1 min read

कांग्रेस चुक्यो । कहाँ ?

ललितानिवास जग्गा मुद्धाका सवालमा कांग्रेस फेरि पनि चुकेको छ । विगतलाई हेरौं । २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले टेकओभर गर्दा कांग्रेसका जयप्रकाश गुप्ता, चिरन्जीवी वाग्ले, गोविन्दराज जोशी, खुमवहादुर खड्का र विजय गच्छदारलाई मुद्धा चलाइयो । तर, यो विचमा राजा ज्ञानेन्द्रको निगाहवाट गच्छदारको मुद्धा मुल्तवीमा राखेर अरुको मुद्धालाई अगाडी बढाइयो । कोहि जेल परे । कसैको राजनीति जिवन नै समाप्त भयो । त्यसपछि गच्छदार नेपाली कांग्रेस परित्याग गरेर उपेन्द्र यादवको फोरममा प्रवेश गरे । त्यहाँ पनि कुरा नमिलेपछि आफ्नै फोरम लोकतान्त्रिक पार्टी खोले । सम्पती छानविनको क्रममा त्यतिवेला नै गच्छदारको अकुत सम्पति रहेको प्रारम्भिक प्रमाणित भइसकेको थियो ।

अव लागौं अहिलेको कुरा । कांग्रेस चुक्नुका कारण । १, नेकपासंग चुनावी सहकार्य गर्नु र आँफै चुनावमा हार्नु । २, सरकारले गरेका खास खास गल्तीमा चुईंक्कसम्म आवाज नउठाउनु, जस्तै, बढ्दो महंगी, विचौलिया हावी, भ्रष्टाचार, ।

३, सम्पति शुद्धिकरण विभाग, राष्ट्रिय अनुशन्धान विभाग र अख्तियार दुरुपयोग अनुशन्धान आयोग जस्ता स्वायत्त संस्था प्रधानमन्त्री माताहतमा लैजांदा कांग्रेस टुलुटुलु हेरेर वस्नु । ४, सुन प्रकरणदेखि एनसेल, वालुवाटार जग्गादेखि एमसीसी बिषयमा कांग्रेसका आफ्ना धारणामा दृढ अडान राख्न नसक्नु । ५, प्रमुख प्रतिपक्षी दलको भुमिका शुन्य वरावर हुनु ।

त्यसैले, यस्ता केहि बिषयमा चुकिसकेपछि आउने परिणाम यहि हो भन्ने बुझ्न कति ढिला भएको होला कांग्रेसलाई ? कुनै पनि प्रजातान्त्रिक मुलुकमा सुरक्षा र भ्रष्टाचार सम्वन्धी सरकारी निकाय प्रधानमन्त्री मातहतमा हुँदैन ।

यी संस्था स्वायत्त हुन्छन् भनेर कांग्रेसले किन घनघोर आवाज उठाउन नसकेको ? सत्तारुढ नेकपाले सरकारी स्वायत्त निकाय नियन्त्रण गरेको देख्दा देख्दै कांग्रेसले पहिल्यै विरोध किन नगरेको ? अहिले अख्तियार प्रधानमन्त्रीको अधिनमा छ भन्ने जान्दा जान्दै गच्छदारलाई वचाउ अभियानमा लागेर कांग्रेस किन बारबार चुकेको ?

त्यसैलै, कांग्रेसले देशवाट भ्रष्टाचार निर्मुल पार्न नभई जस्तोसुकै दाग लागेका भएपनि आफ्ना नेता वचाउंन मात्र यो विरोध गरिरहेको प्रमाणित भएको छ । यसमा कांग्रेस फेरि पनि चुकेको छ ।

ओली सरकार कसरी चलेको छ हामीलाई थाहा छैन । तर, देश यसरी चलेको छ ।

गत भदौदेखि नेपालमा तरकारीमा ३ सय प्रतिशत, खाद्यान्नमा २० प्रतिशत, उपभोग्य सामग्रीमा ५० प्रतिशत मुल्य बढेको छ । हालै कुखुराको मासु र अण्डाको मुल्य चौपट बढेको छ । यो बढ्ने क्रम जारी छ । यो क्रम रोकिएन वा घटेन भने अब केहि समयमै नेपालमा दंगा शुरु हुनेछ । किनकी यो महंगीले भोकमरी शुरु भएर समाज भड्किनेछ ।

सन २००१ देखि उत्तरकोरिया, सन २०१२ देखि अहिलेसम्म क्युवा, सन २००३ देखि भियतनाममा भोकमरी र अनिकाल भएर राष्ट्रसंघले खाद्यान्न वितरण गर्दे आएको थियो । बालवालिकामा उच्च कुपोषण भएको थियो, अझै छ । यी मुलुकमा कम्युनिष्ट शासन छ । ०४० सालको वरपर विश्वमा करिब ४५ वटा देशमा भएका कम्युनिष्ट शासनले यसरी नै महंगी बढाएर जनता मार्न थालेपछि ति देशहरुमा कम्युनिष्ट ब्यबस्था अन्त्य भएको थियो ।

दशैंका वेला बढेको महंगीका कारण तत्कालिन कृषिमन्त्री चक्रपाणि खनाल चर्को आलोचित वनेका थिए । आलोचना गर्ने मध्ये सत्तारुढ नेकपाका नेता घनश्याम भुसाल पनि एक हुन् । यिनले ओली सरकारको खुव आलोचना गरे । उत्पात विरोध गर्न थालेपछि केपी ओलीले यिनलाई मन्त्री वनाइदिए । अहिले भुसाल चुपचाप छन् । विचौलिया र कालावजारीवाट भुसाल जेलिएका मात्र छैनन्, यो जालोको प्रलोभनमा परिसकेको प्रमाणित हुँदै गएको छ ।

-विनोद त्रिपाठीको फेसबुकबाट

Leave a Reply

Your email address will not be published.