October 19, 2021

Halkhabar kura

Entertainment Site

‘नेपाललाई भारतमा विलय गराउने’ बकवास सन् १९५४ मै ‘द हिन्दु’ मा प्रकाशित लेखले खण्डन गर्छ

1 min read

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको भर्खर प्रकाशित पुस्तकमा त्रिभुवनले नेपाललाई भारतमा मिलाउन चाहेको नेहरुले नमोनको भनेर पूरै झूट र बकवास लेखेका छन् । ७ सय वर्ष मुसलमान र ३ सय वर्ष ब्रिटिशको दास बनेका भारतीयहरु अहिलेसम्म मानिस बन्न सकेका छैनन् । यो यही मानिस बन्न नसकेको अभिव्यक्ति हो । प्रणव मुखर्जीको पुस्तक द प्रेसिडेन्सियल इयर्समा भएको यो झूठो बकवासलाई स्वयं भारतीय पत्रिका द हिन्दूको यो रिपोर्टले नै अस्वीकार गरेको छ ।

२००७ सालपछि भारत भ्रमणमा रहेका तत्कालीन परराष्ट्रमन्त्री डा. डिल्लीरमण रेग्मीमार्फत् भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले चिनियाँ प्रभाव र चीनको तिब्बतलाई पुनः एकीकरण गरेको र नेपाल समेत असुरक्षित भएको त्रास देखाउँदै परराष्ट्र सम्बन्धको समन्वयको अप्रत्यक्ष भारतीय सुरक्षा छातामुनि राख्ने प्रस्ताव (अडियो मेमोरी) १ मे सन् १९५४ मा दिएका थिए ।

उक्त परराष्ट्र समन्वय गर्ने सातबुँदे ड्राफ्टलाई आफूले नेपालका राजा त्रिभुवन तथा परराष्ट्रमन्त्री डिल्लीरमण रेग्मीलाई दिएको भारतीय संसदमा नेहरूले जानकारी दिएका थिए । जुन ड्राफ्टलाई नेपाल आएर राजा त्रिभुवनको अध्यक्षतामा बसेको नेपालको क्यानिवेटले ठाडै अस्वीकार गरेको थियो । २००७ सालदेखि नै नेहरूको सके नेपाल विघटन गर्ने नसके कब्जा गर्ने नीति थियो भन्ने कुरा नेहरू प्रस्तावित यी ७ बुँदाले स्पष्ट पार्दछ जसलाई त्रिभुवनले अस्वीकार गरिदिएका थिए । भारतको यही नीति इन्दिरा गान्धीले र वर्तमान शासकहरूले लिइरहेका छन् ।

नेपाल खानका लागि नेहरूद्वारा प्रस्तावित बुुँदाहरू

१. दुवै देशहरू बीच परराष्ट्र नीति र नेपाल भारत सम्बन्धको बारेमा निरन्तर छलफल हुनुपर्दछ ।

२. परराष्ट्र नीति बारेमा दुवै सरकारले एक अर्कासँग सल्लाह गर्ने

३. अरु देशसँग परराष्ट्र नीति अवलम्बन गर्दा नेपाल भारतबीच सल्लाह गर्नुपर्ने ।

४. खासगरी नेपाल र चीन सम्बन्धको बारेमा भारतसँग सल्लाह गर्नुपर्ने ।

५. भारत सरकार स्वीकार गर्दछ यदि नेपालले चाहन्छ भने भारत सरकारका विदेशमा रहेका भारतीय कुटनीतिक नियोगले नेपालको प्रतिनिधित्व गर्दै नेपालको हितमा कार्य गरिदिने व्यवस्था गरिदिनेछ ।

६. भारतका विदेशमा जति पनि कुटनीतिक नियोगहरू छन् तिनीहरूलाई निर्देशन दिने कि विदेशमा रहेका नेपालीहरूलाई हरसम्भव सबै प्रकारकासहयोगहरू उपलब्ध गराउने ।

७. नेपाल सरकार र भारत सरकारले समय समयमा परराष्ट्र सम्बन्धी सूचना प्रदान गर्नुका साथै र अरु अन्तर्राष्ट्रिय शक्तिहरूको विषय जुन दुई देशको परराष्ट्र मामिलासँग सम्बन्धित छन्, जसले दुई देशको परराष्ट्र नीतिमा असर गर्दछ त्यसबारेमा एक अर्कालाई जानकारी गराउने ।

उक्त प्रस्तावलाई अस्वीकार गरेको कुरा सन् १९५४ मे २० तारेखमा प्रकाशित ‘द हिन्दु’ मा उल्लेख गरिएको छ । डाक्टर डिल्लीरमण रेग्मीका छोरा नेपाल चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले भूमिका लेखेको कृष्ण सेढाईको नेपालको अस्थिर राजनीति पृष्ठ १६७ मा यी कुराहरु उल्लेखित छन् ।

अर्जुन ज्ञवालीद्वारा लिखित नारायणहिटी हत्याकाण्ड सेना र माओवादी पुस्तकमा द हिन्दूलाई उद्धृत गरेर यी कुराहरु उल्लेख भइसकेका छन् । यसकारण प्रणव मुखर्जीको पुस्तकमा प्रकाशित कुराहरुलाई माथिका ७ बुँदाले नै खारेज गर्दछ । भारतीयहरु कति झूट र गोयबल्स प्रपोगण्डा गर्छन् भन्ने कुरा यी कुराहरुले प्रष्ट गर्दछ ।

 

-ताजानेपालबाट