November 28, 2021

Halkhabar kura

Entertainment Site

श्रमिक विरोधी नीतिको विरुद्धमा भारत बन्द, २८ करोड मानिस हडतालमा न्यूनतम मजदुरी २१ हजार रुपैयाँ

1 min read

काठमाडौं । केन्द्र सरकारको श्रमिक विरोधी नीतिको विरुद्धमा बुधबार भारतका मजदुर युनियनहरुले देशव्यापी बन्दको घोषणा गरेका छन् । दाबी गरिएअनुसार हडतालमा करिब २५ देखि २८ करोड मानिस सामेल हुनेछन् ।

मजदुर युनियनले आरोप लगाएअनुसार श्रम कानुनलाई बदलेर सरकारले अधिकारको हनन् गर्नुका साथै लेबर कोडको नाममा मौजुदा व्यवस्थालाई पुरै खतम गर्न लागेको छ ।

ट्रेड युनियनको मागमा बेरोजगारी, न्यूनतम मजदूरी तय गर्नुपर्ने र सामाजिक सुरक्षा हुनुपर्नेलगायत छन् । न्यूनतम मजदुरी २१ हजार रुपैयाँ प्रतिमहिना तय गर्नुपर्ने समेत उनीहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.