October 19, 2021

Halkhabar kura

Entertainment Site

पछिल्लो २४ घण्टा नबित्दै कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु

1 min read

काठमाडौँ । पछिल्लो २४ घण्टा नवित्दै नेपालमा थप १७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ। यस्तै नेपालमा आज थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार २ सय ६ जना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ भने १ हजार १ सय ४४ जना क्वारेन्टिनमा छन्।

Leave a Reply

Your email address will not be published.