October 28, 2021

Halkhabar kura

Entertainment Site

उपत्यकामा ट्राफिक सचेतनाको लागि ‘सांगीतिक डमी’ अभियान सुरु

1 min read

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिका लागि सांगीतिक डमी अभियान शनिबारदेखि सुरु गरेको छ । सडक दु-र्घ-ट-ना न्यूनिकरणका लागि उपत्यकाको विभिन्न चोकमा महानगरले ४५ वटा ट्राफिक डमी राखेको थियो ।

महाशाखाले अभियानलाई थप प्रभावकारी बनाउन सांगीतिक डमी अभियान सुरु गरेको हो । ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले गीत संगीत भनेको सबैको प्रिय साथी भएकोले गीत सङ्गीतको माध्यमबाट ट्राफिक नियम सिकाउन खोजिएको बताए ।

‘गीत संगीतलाई चालक र यात्रुले छिटो छरितोसँग मनमा लिन्छन्’, उनले भने,‘तत्काल व्यवहारमा लागू गर्ने पनि यसले सघाउँछ । ट्राफिक सचेतनामुलक गीतको माध्यमबाट सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउनु हाम्रो उद्देश्य हो ।’

महाशाखाले ट्राफिक सन्देश गीतहरु समावेश गरी अडियो क्लिप तयार गरेको छ । सो गीतको अडियो क्लिपका कोटेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोँगवु नयाँ बसपार्कमा डमीको सहायतामा बजाएर सचेतना दिइने महाशाखाले बताएको छ । दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा यो कार्यक्रम सञ्चालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published.