October 19, 2021

Halkhabar kura

Entertainment Site

सचिवालय बैठक बोलाउन पाँच नेताको लिखित माग, के भने ओलीले ?

1 min read

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठक बोलाउन लिखित माग गरेका छन् ।

प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले आज तत्काल सचिवालय बैठक बोलाउन पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका हुन् ।

प्रवक्ता श्रेष्ठका अनुसार आज वा भोलिनै बैठक बस्न माग गरिएकोे छ । तर ओलीले उक्त आग्रहका विषयमा कुनै निष्कर्ष नदिएको उहाँले बताउनुभयो ।

कोभिडबाट उत्पन्न स्वास्थ्य तथा आर्थिक संकटलाई सम्बोधन गर्न, पार्टीभित्र स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको समीक्षा, पार्टी संकटका सन्दर्भमा छलफल गरेर एकताको रक्षा गर्दै निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाउन छलफलका लागि बैठक बस्न आग्रह गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.