October 17, 2021

Halkhabar kura

Entertainment Site

नेपाली कांग्रेस र ओली पक्षबीच बन्यो चुनाबी गठबन्धन, पढ्नुहोस् सहमतिपत्र

1 min read

राष्ट्रिय राजनीति संकटसहित रोचक बनिरहेको बेला सामुदायिक रेडियो सञ्चालकहरुको छाता संस्था सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) मा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षनिकट प्रेस संगठन नेपालबीच चुनावी गठबन्धन बनेको छ ।

आगामी फागुन २५ गते हुने अकोराबको महाधिवेशनका लागि प्रेस युनियनको नेतृत्वमा साझा उम्मेदवारी दिने सहमति भएको छ ।

हिजो शनिबार दुबै संगठनबीच सहमति भएको छ ।

सहमति पत्रमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठन नेपालका अध्यक्ष गणेश बस्नेतले हस्ताक्षर गरेका हुन् ।

बस्नेत हालै नेकपा ओली पक्षको प्रेस संगठनको अध्यक्ष चयन भएका थिए ।

गठबन्धनमा प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल, प्रगतिशील पत्रकार मञ्च नेपालका अध्यक्ष उदय जीएमले समेत हस्ताक्षर गरेका छन् ।

प्रेस युनियनका सचिव सरोज अधिकारीले नेकपा प्रचण्ड–नेपाल पक्ष निकट पत्रकारहरुसँग समेत वार्ताको प्रयास जारी रहेको बताएका छन् ।

यस्तो छ सहमतिपत्र –