November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना भाइरस विरूद्धको खोप आगामी महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउने चीनको दाबी

1 min read

एजेन्सी । चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरेको छ। वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी दिएका छन्।

कोरोनाबाट संक्रमितहरुको संख्या विश्वभर एक लाख पुगिरहँदा चीनले यो जिवाणु प्रतिरोधी खोप सार्वजनिक गर्न लागेको हो। चीनको प्राविधिक विकास तथा अनुसन्धान केन्द्रका निर्देशक झेङ झोङ्गुइले भनेका छन्, मुलुकको सवै नियम र कानूनी प्रावधानहरु पुरा गर्दै आउँदो अप्रिल महिनादेखि कोरोनाविरुद्धको खोप चिकित्सकीय र आपत्तकालिन प्रयोजनमा ल्याउन सकिने सम्भावना बढेको छ। देशका वैज्ञानिकहरुले अहिले पाँचवटा विधिबाट कोरोनाविरुद्धको खोप बनाइरहेको चीनियाँ अधिकारीहरुले दाबी गरेका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य विभागले पनि आउँदो महिना नै कोरोनाविरुद्धको पहिलो भ्याक्सिन प्रयोगमा आउने अपेक्षा गरेको छ। कोरोना निरोधक खोप विकास जुटिरहेका चिनियाँ वैज्ञानिकहरू ।

चीनको उहान शहरमा सन् २०१९ को अन्त्यतिरबाट कोरोना संक्रमण फैलिएको थियो। सो लगत्तै चीनियाँ वैज्ञानिकहरुले विभिन्न अनुसन्धान थालेका थिए। दर्जनभन्दा बढी कम्पनीको अनुसन्धानमाथि मूल्यांकन गर्दै चीन सरकारले विभिन्न आठवटा कम्पनीहरुलाई कोरोना विरुद्धको पहिलो भ्याक्सिन एकैसाथ र पाँचवटा फरक विधिबाट बनाउन स्वीकृति दिएको थियो।

यो पनि पढ्नुस

कोरोना संक्रमणका कारण अहिलेसम्म विश्वभर साढे तीन हजार मानिसको ज्यान गइसकेको छ भने संक्रमितहरुको संख्या एक लाख नाघेको छ। चीनसहित विश्वका ७० देशमा कोरोना संक्रमितहरु भेटिएका छन्।

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा एक लाख भन्दा बढी प्रभावित भएका छन् । चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण तीन हजार पाँच सयको मृत्यु भइसकेको छ ।

चीनमा मात्र मृत्यु हुनेको संख्या तीन हजार तीन सय पुगेको अधिकारीहरुले जनाएका छन् । चीनबाहेक इटाली र इरानमा संक्रमित र मृतकको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

इरानमा एकै दिन एक सय २२ भन्दा बढीको मृत्यु भएको छ भने नयाँ संक्रमितहरुको संख्या पनि बढ्दै गएको बताइएको छ । फ्रान्स, दक्षिण कोरिया र भारतमा पनि संक्रमण फैलिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी अमेरिकामा पनि मृत्यु हुनेको संख्या १५ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । कोरोनाको संक्रमण फैलिएपछि विभिन्न देशले हवाइ र स्थलगत नाकाहरु बन्द गर्नुका साथै चेकजाँचमा कडाइ गरेका छन् ।

ती देशहरुले अत्यावश्यक बाहेक विदेश नजान आफ्ना नागरिहरुलाई आग्रह गरेका छन् । त्यसैगरी संक्रमण बढ्दै गएपछि शिक्षण संस्था बन्द गर्नुका साथै सार्वजनिक समारोह गर्न र बाहिर हिडडुल गर्न पनि रोक लगाइएको समाचारमा उल्लेख छ ।

यसैबीच चीनमा भने कोरोनाका नयाँ सक्रमितहरु नभेटिएको सरकारी अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ३० करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।

युनेस्कोले जारी गरेको तथ्याङ्कअनुसार कोरोनाभाइरसको संक्रमणको डरले विश्वका विभिन्न १४ मुलुकले विद्यालय बन्द गरेपछि ३० करोड बालबालिका बिद्यालय जानबाट बञ्चित भएका हुन् ।
उता, कोरोना भाइरसकै संक्रमणले पहिलोपटक ७१ वर्षीय एक वृद्धको मृत्यु भएपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्काल घोषणा गरिएको छ ।

क्यालिफोर्नियामा मृत्यु भएका वृद्ध व्यक्तिले सान फ्रान्सिस्को हुँदै मेक्सिको पुगेको ग्रान्ड प्रिन्सेस नामको पानीजहाजमा यात्रा गरेका थिए । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १२ पुगेको छ, जसमा ११ जना वासिङ्टन राज्यकै छन् । विभिन्न १६ राज्यमा २ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published.