January 21, 2022

Halkhabar kura

Entertainment Site

जानीराख्नुस गाजर खानुका यस्ता छन् फाइदा

1 min read

काठमाडौं । क्तअल्पताको समस्या भोगिरहेकाहरुका लागि गाजरको नियमित सेवन रामवाण बन्दछ । गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ । काँचो गाजर खानाले रजश्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ । त्यस्तै भिटामिन ए भरपूर हुनाले गर्दा आँखाको ज्योति तेज पार्नमा पनि सहयोग गर्दछ र रतन्धोबाट बचाउन मद्दत गर्छ ।

गाजरको नियमित सेवनले रगतलाई बढि गाढा हुनबाट रोक्दछ । जसका कारण मुटुरोगको जोखिम कम हुन्छ । मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाजर खाँदा फाइदा पुग्दछ । नियमित रुपमा गाजर खानाले खोकी, दम तथा पिसाब पोल्नेजस्ता समस्याबाट छुटकारा पाउन सहयोग मिल्दछ । गाजर खानाले स्वासनलीमा जमेको खोकी बाहिर निकाल्न समेत मद्दत पुग्दछ ।

तपाईंलाई धेरै पाद आइरहने समस्या छ ? यदि त्यसो हो भने एक कप गाजरको रसमा दुई चम्चा काउलीको रस मिलाएर पिउनुहोस् । त्यसले ग्यास आइरहने समस्याबाट मुक्ति दिलाउछ । गाजरमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । त्यसले यसको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै ढल्कँदो उमेरको नकारात्मक असर पनि कम गर्दछ । साथै यसले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ ।

खाना खाइसकेपछि सलादको सेवन पनि गर्नुपर्दछ भन्ने मान्यता नेपाली समाजमा बिस्तारै विकसित भइरहेको छ । पेटभरि खाना खाइसकेपछि सलाद खाने प्रचलन नयाँ भने होइन तर नेपाली खानपानमा यसको प्रचलन सुरु भएको धेरै भएको छैन ।

स्वस्थकर जीवनका लागि हाम्रो भान्सामा सलादका लागि पनि छुट्टै परिकारहरुको व्यवस्थापन पनि गर्न जरुरी भइसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

खाना खाइसकेपछि सलादका रुपमा प्रयोग गर्ने वस्तु मध्ये गाजर पनि एक उक्तम विकल्प हो । गाजरलाई सलादका अलावा तरकारी अचार तथा हलुवा बनाएर पनि खान सकिन्छ ।

यहाँ गाजरका सात फाइदाबारे चर्चा गरिएको छ । गाजरमा भिटामिन ए भरपूर मात्रामा पाइने भएकोले आँखाको ज्योति तेज पार्नमा सहयोग गर्दछ र रतन्धोबाट बचाउन मद्दत गर्छ ।

मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाजर खाँदा लाभदायक हुन्छ । गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ ।

काँचो गाजर खानाले रजश्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ । गाजर खानाले स्वासनलीमा जमेको खोकी बाहिर निकाल्न समेत मद्दत पुग्दछ ।

गाजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपना कम गर्दछ । गाजरको नियमित सेवनले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published.