November 28, 2021

Halkhabar kura

Entertainment Site

सरकारले अख्तियारलाई प्रयोग गरेर समग्र राष्ट्रमाथि नै अन्याय गरेको छ: देउवा

1 min read

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान नेकपा नेतृत्वको सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रयोग गरेर समग्र राष्ट्रमाथि नै अन्याय गरिरहेको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गच्छदारमाथि मुद्दा दायर गर्नु कांग्रेस वा गच्छदारमाथिको मात्र अन्याय नभई समग्र तराई मधेसमाथि पनि अन्याय भएको बताउनुभयो ।  उहाँले वर्तमान सरकारले उस्तै र उही घटनामा कसैलाई काखा र कसैलाई पाखा गरेको आरोपसमेत लगाउनुभयो ।

देउवाले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएर अन्यलाई फसाउने नियत सरकारको रहेको भन्दै यो घोर आपत्तिजनक भएको बताउनुभयो ।

यस्तै कांग्रेसका युवा नेता गगन थापाले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा दायर नगरेकामा आपत्ति जनाउनु भएको छ ।

चितवनमा आज आयोजित एक कार्यक्रममा नेता थापाले पूर्व प्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराई र तत्कालिन मुख्यसचिव लीलामणि पौडेललाई मुद्दा नचलाएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना गर्नुभयो ।

अख्तियारले ३ पटक फाइल सदर गर्ने प्रधानमन्त्री, निर्णय गर्ने मुख्यसचिव लीलामणि पौडेल र जग्गा प्राप्त गर्ने नेकपाका महासचिव विष्णु पौडेलका बारेमा बोल्नुपर्दैन रु भनी प्रश्न गर्नुभयो ।  उहाँले जग्गा फिर्ता गर्ने शर्तमा नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलाई छाड्न नमिल्ने बताउनुभयो ।

यसैबिच कांग्रेसका संसदीय दलका उपनेता गच्छदार सांसदबाट निलम्वनमा परेका छन् । आज संसद सचिवालयले गच्छदारलाई सांसदबाट निलम्बन गरेको हो ।  उनिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आगोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि औपचारिक रुपमा गच्छदार आज निलम्बनमा परेको हो ।

यता, नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफू प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय नभएको दाबी गर्नुभएको हो ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
तर मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईको हकमा केही गर्नु नपर्ने अख्तियारले बताएको छ ।

तत्कालीन प्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिएर मन्त्री गच्छदारलाई मुद्दा लगाएको भन्दै कांग्रेसले विरोध गरेको छ भने कतिपयले अख्तियार ठूला नेताहरुसँग डराएको टिप्पणी गरेका छन् ।

यसैबिच बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति दिएको र अन्यलाई राजनीतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाउने निर्णयको विरोधमा कांग्रेसका भ्रातृसंस्थाहरुले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।  बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर कांग्रेस उपसभापति गच्छदारलाई आरोपी बनाउँदै मुद्दा चलाइएको भन्दै कांग्रेसका भ्रातृ संस्थाले प्रदर्शन गरेका हुन् ।

यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणको विषयललाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु गलत भएको बताउनु भएको छ ।

आज गोरखामा आयोजित कार्यक्रममा उहाँले चित्त नबुझेको कुरामा विरोध गर्नु प्रतिपक्षीको चरित्र भए पनि आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसले संवैधानिक अंगको विरोधमा आवाज उठाउनु गलत भएको बताउनुभयो । आफ्नो काम गर्न अख्तियार स्वतन्त्र रहेको भन्दै नेता श्रेष्ठले नेकपाले संवैधानिक अंगहरुलाई हस्तक्षेप नगर्ने जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.