November 29, 2021

Halkhabar kura

Entertainment Site

आज भ्यालेनटाइन ‘विक’को पहिलो दिन अर्थात ‘रोज डे’

1 min read

काठमाडौं । फेब्रुअरी महिनालाई प्रेमको महिना भनिन्छ । भ्यालेनटाइन विक सुरु भईसकेको छ । आज भ्यालेनटाइन ‘विक’को पहिलो दिन अर्थात ‘रोज डे’ हो ।

रोज डे को दिन तपाई आफ्नो प्रेमि प्रेमिकालाई रातो गुलाफ दिएर आफ्नो प्रेम सम्बन्ध अझ प्रगाढ बनाउन सक्नुहुन्छ ता कि तपाईको सम्बन्ध पनि सधैं रातो गुलाफ जस्तै सुन्दर रहि रहन्छ । रातो गुलाफलाई हर सुन्दर चिज तुलना गर्ने गरिन्छ ।

आजको दिन युवायुवतीहरुको लागि विषेश मानिन्छ । आजको दिन प्रेमिल जोडीहरु एकअर्कालाई रातो गुलाब दिएर आफ्नो भावना र प्रेम साटासाट गर्ने गर्दछन् ।

रोज डे को दिन तपाई आफूले माया गरेको व्यक्तिलाई मात्र नभएर आफ्नो नजिकको साथी भाईहरुलाई पनि भावना र आत्मियता अनुसारका रङको गुलाफ दिन सक्नु हुन्छ । रातो गुलाफ स्विकार गरेमा प्रेम स्विकार भयो भन्ने बुझिन्छ ।

रातो गुलाफ: आज विशेष गरि रातो गुलाफलाई खास मानिन्छ । रातो गुलाफलाई प्रेमको प्रतीकको रुपमा लिने गरिन्छ । रोज डे को दिन आफूलाई मनपरेको मानिसलाई रातो गुलाफ दिएर आफ्नो भावना साट्ने गरिन्छ ।

रातो गुलाफलाई प्रेमको प्रतिकको रुपमा लिइन्छ । यदि तपाई कसैलाई चोखो माया गर्नुहुन्छ भने तपाई रातो गुलाफ दिएर उसलाई आफ्नो मनको भावना व्यक्त गर्न सक्नु हुन्छ र रातो गुलाफ स्विकार भएरमा प्रेम स्विाकार भयो भन्ने बुझिन्छ ।

पहेलो गुलाब: पहेलो गुलाब दोस्ती र खुसीको प्रतिक हो । तपाई आफ्नो नजिकको मिल्ने साथी जसलाई तपाई कहिल्यै गुमाउन चाहन्नु हुृन्न उसलाई पहेलो गुलाफ उपहार दिन सक्नु हुन्छ ।

पिंक गुलाफ: पिंक गुलाफलाई नम्रता, मित्रता, कृतज्ञता र नयाँ सम्बन्धको सुरुवातको रुपमा लिइन्छ । आज तपाई कोहि मानिसलाई पहिलोपटक भेट्दै हुनुहन्छ भने आफ्नो साथमा पिंक गुलाफ लैजान नभुल्नु होस ।

सेतो गुलाफ: सेतो गुलाफले शुद्धता, निर्देष र विना शर्तको प्रेमलाई दर्शाँउछ ।

ओरेन्ज गुलाफ: ओरेन्ज अर्थात सुन्तला कलरको गुलाफले मोह र उत्साहको प्रतिनिधित्व गर्दछ ।

कालो गुलाफ: कालो रंगको गुलाफले पनि तपाईको भावनालाई व्यक्त गर्दछ । कालो गुलाफलाई भने दुश्मनीको प्रतिक मानिन्छ ।

सेतो गुलाफ: सेतो गुलाफले शुद्धता, निर्देष र विना शर्तको प्रेमलाई दर्शाँउछ ।

ओरेन्ज गुलाफ: ओरेन्ज अर्थात सुन्तला कलरको गुलाफले मोह र उत्साहको प्रतिनिधित्व गर्दछ ।

कालो गुलाफ: कालो रंगको गुलाफले पनि तपाईको भावनालाई व्यक्त गर्दछ । कालो गुलाफलाई भने दुश्मनीको प्रतिक मानिन्छ ।

Leave a Reply

Your email address will not be published.