November 28, 2021

Halkhabar kura

Entertainment Site

राजपाको महाधिवेशन तयारी समितिको बैठक आगामी शुक्रबार बस्ने

1 min read

काठमाडौं । राजपा नेपालको अध्यक्ष मण्डल बैठकले पार्टीको महाधिवेशन तयारी समितिको बैठक आगामी शुक्रबार बोलाएको छ । गत वैैशाखमै महाधिवेशन तयारी समिति बने पनि अहिलेसम्म समितिको बैठक बस्न सकेको थिएन ।

आज पार्टी कार्यालयमा भएको अध्यक्ष मण्डल बैठकले २५ पुसमा जनकपुरमा महाधिवेशन तयारी समितिको र २६ मा तदर्थ समितिमा खटिएका पर्यवेक्षकहरुको बैठक बोलाएको छ ।

महन्थ ठाकुरको नेतृत्वमा राजपा पदाधिकारी बैठकले महाधिवेशन तयारी समिति गत वैशाखमा गठन गरेका थिए । जसमा सवै केन्द्रीय सदस्यहरु सहभागी छन् । यस्तै आज बसेको बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरि तयारी गर्ने जिम्मा संयोजक राजेन्द्र महतोलाई दिएको छ । जसमा अध्यक्ष मण्डलका नेताहरु र राष्ट्रियसभा निर्वाचनका दुई उम्मेदवार सहभागी छन् ।

यसैगरी प्रदेशस्तरमा प्रादेशिक संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा तयारी समति राजपाले गठन गरेको छ । राजपाले २७ पुसमा प्रदेश दुईका राष्ट्रियसभा मतदातासँग महोत्तरीको बर्दीबासमा बैठक समेत गर्ने निर्णय गरेको छ ।

त्यसैगरी आगामी माघ ७ र ८ गते बर्दीबासमै राजपाको राष्ट्रियसभा मतदातालाई प्रशिक्षण समेत दिने राजपा अध्यक्ष मण्डल बैठकले निर्णय गरेको संयोजक महतोद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Share this:

Leave a Reply

Your email address will not be published.