January 24, 2022

Halkhabar kura

Entertainment Site

कांग्रेसको असन्तुष्ट पक्षले बोलाएको जिल्ला सभापतिहरुको भेला आज पनि जारी

1 min read

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले बोलाएको जिल्ला सभापतिहरुको भेला आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो सुरु भएको बैठकमा बोल्न बाँकी जिल्ला सभापतिहरुले आज आफ्नो धारणा राख्नेछन् । सभापतिहरुसँगको परामर्श बैठक भनेर सुरु गरिएको जिल्ला सभापति भेलामा ४० भन्दा बढी जिल्लाका सभापति उपस्थित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले विधानका प्राबधानहरु निलम्बन गरेको, सहमतिको परम्परा तोड्दै बहुमतका आधारमा विभिन्न निर्णय गरेको भन्दै असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमानसिंहले जिल्ला सभापतिहरुको भेला बोलाएका हुन् ।

भेलामा उपस्थित भएका जिल्ला सभापतिहरुले सहमतिकै आधारमा अघि बढ्न नेताहरुलाई सुझाव दिएको पौडेल निकट केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिनुभयो ।

जिल्ला सभापतिहरुले गत महासमिति बैठकले गरेका निर्णयहरु केन्द्रीय कार्य समिति बैठकले उल्ट्याएको प्रति संस्थापन इतर पक्षसँगसमेत असन्तुष्टि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.