October 17, 2021

Halkhabar kura

Entertainment Site

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

1 min read

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ ।

यस्तै आज थप २ हजार ९०९ जनामा कोरोना पुष्टि भएको छ । आज थपिएकासहित कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८ सय ३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४५ सय जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

अहिले ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म १५ लाख १७ हजार ३ सय ४३ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.