October 17, 2021

Halkhabar kura

Entertainment Site

१०१ वर्षीया हजुरआमाले यस्ता कुरा खाएर जि’तिन् को’रोना

1 min read

नेपालमा कोरोना प्रत्येक दिन बढ्दो छ। केटोकेटीदेखि वृद्धवृद्धासम्म संक्रमित भएका छन् । तर कोरोन जित्नेहरुको संख्या पनि उत्तिकै छ । मध्यपुर नगरपालिका थिमीकी १ सय १ वर्षीया गणेशमाया प्रजापति कोरोना मुक्त भएसँगै नगरमा खुसी छाएको छ।

बाल्यकालमा बिफरसँग ल डे की गणेशमायाले एक सय एक वर्षको उमेरमा कोरोना पनि सहनु परेको थियो । नातिमा कोरोना देखापरेपछि परिवारका सबैले असोज २ गते परीक्षण गराउँदा गणेशमायासहित उनका छोरा इन्द्रबहादुर र छोरी पूर्णमायामा कोरोना भेटिएको थियो।

चौध दिन घरमै सुरक्षित ढंगले बसेपछि असोज १६ मा परीक्षण गराउँदा गणेशमाया, इन्द्रबहादुर र नाति सहज कोरोनामुक्त देखिएका छन् भने पूर्णमाया निको हुने क्रममा छिन्। ‘आमा निको भएपछि दिदीको पनि मनोबल बढेको छ,’ वडानम्बर ६ को अध्यक्षसमेत रहेका इन्द्रवहादुर प्रजापतिले भने, ‘वडामा पनि सबै खुसी भएका छन्।’ यो समाचार आजको नागरिक दैनिकमा उपेन्द्र लामिछानेले लेखेका छन् ।

होम आइसोलेसनका क्रममा गणेशमायाले माछामासु, गेडागुडी र मुगीको रस प्रशस्त मात्रामा खाएको बताइन्। ‘कोरोना लागेको खबर सुनेपछि पहिलो दिन केही डर लाग्यो,’ उनले सुनाइन्, ‘त्यसपछि डर हट्दै गयो।’

लामो जीवनकालमा थुप्रै सं घ र्ष गरेकी उनले न आ त्ति ए सबै रोग जित्न सकिने बताइन्। १९९० र २०७२ सालको भूकम्पको कहर समेत भोगेकी गणेशमायाले दुख आएपनि हरेस नखाएको सुनाइन्। १४ दिनको बीचमा एक दिन छाती केही दुखे पनि अन्य दिन खासै समस्या नआएको उनको अनुभव छ। ‘कसैले नि डराउनुपर्दैन,’ उनले भनिन्, ‘खानेकुरा मिलाएर खायो र सुरक्षितसँग बस्यो भने घरमै पनि निको हुन्छ।’

Leave a Reply

Your email address will not be published.