October 17, 2021

Halkhabar kura

Entertainment Site

काठमाडौं मेडिकल कलेजले दुई हजार ५९९ मै पीसीआर परीक्षण गर्ने

1 min read

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले पीसीआर परीक्षण दुई हजार ५९९ मै गर्ने भएको छ । आइतबार बसेको अस्पताल सञ्‍चालन समितिको बैठकले दुई हजार ५९९ मै कोरोना परीक्षण भदौं २२ गतेबाट गर्ने निर्णय गरेको हो ।

अस्पतालका अध्यक्ष डा. सुनिल शर्माले संस्थागत रुपमा को’रोना परीक्षण गर्न चाहेमा दुई हजार ४९९ र व्यक्तिगत स्वइच्छा को’रोना परीक्षण गर्न चाहेमा दुई हजार ५९९ मै गरिने जानकारी दिए । उनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत पीसीआरको परीक्षण शुल्क घ’टाइएको हो ।
पछिल्लो समय उपत्यकामा कोरोना सं’क्रमण बढेको हुँदा धेरै व्यक्तिहरु पीसीआर आफू खुसी गर्न चाहिरहेका छन् । तर, महँगो शुल्क तिर्न स’मस्या भएकाहरुलाई यसले केही राहत दिने उनी बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको पीसीआर परीक्षण गर्न चार हजार ४०० तोकेको छ । जुन सोही अस्पतालमा प्रयोगशाला भएमा चार हजार रुपैयाँ र अन्य प्रयोगशालामा स्वाब लगेर परीक्षण गर्दा थप चार सय रुपैयाँ लिन पाउने निर्णय गरेको छ । baahrakhari.com

Leave a Reply

Your email address will not be published.