November 28, 2021

Halkhabar kura

Entertainment Site

लकडाउनको १४ दिन: सडकमा हिँड्ने बढे

1 min read

काठमाडौं । सरकारले लकडाउन घोषणा गरेको १४ दिन भएको छ। लकडाउनको समय दिउँसो त सडक सुनसान नै देखिन्छ। तर, प्रत्येक बिहान मानिसको चहलपहल बाक्लै हुन थालेको छ।

तरकारी किन्ने देखि मर्निङकसम्मको कारण देखाउँदै मानिसहरु सडकमा निस्कन्छन्। बिहानैदेखि सडकमा खटिएका सुरक्षाकर्मीलाई त्यसरी लकडाउन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिन हम्मेहम्मे।

प्रहरीले उपलब्ध गराएको पक्राउ तथ्याङ्क हेर्ने हो भने प्रत्येक बिहान १ सय देखि २ सय मानिस थपिने क्रम बढ्दो छ। सोमबार बिहान ८ बजेसम्ममा १५ सय २० जना मानिसलाई सडकमा होल्ड गराइएको थियो। जसमध्‍य एघार सय ६९ जना पुरुष र तीन सय ५१ जना महिला रहेका छन्।

प्रहरीले ६ दिनअघि यही समयमा नियन्त्रणमा लिएको मानिसको सङ्ख्या भने ११ सय ५८ थियो। जसमा ९९० पुरुष र १६८ जना महिला थिए। त्यसपछि आइतवार मात्र १२ सय ८८ जना नियन्त्रणा लिएको थियो। यो तथ्याङ्क उपत्यकाभरीको हो।

ललितपुर र भक्तपुरको तुलनामा काठमाडौंबाट सबैभन्दा धेरै मानिस नियन्त्रणमा लिने गरेिएको छ। ‘हाम्रो सक्रियता उस्तै हो। तर लकडाउन बढ्दै जाँदा मानिस बाहिर निस्किने सङख्या बढेको छ। बाहिर आउनुहुन्छ के गर्नु?’, महानगरीय प्रहरी कार्यालयका डिएसपी होबिन्द्र बोगटीले भने।

प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा बनाएको होल्डिङ एरियामा तीन घण्टासम्म उभ्याएर राख्छ। त्यसपछि उनीहरुको नाम टिपेर अर्को पटक भेटिए थप कारबाही गर्ने चेतावनी सहित पठाउने गरेको छ।

Leave a Reply

Your email address will not be published.