November 29, 2021

Halkhabar kura

Entertainment Site

कोरोनाबाट विश्वमा मृत्यु हुनेको सख्या ६९ हजार नाघ्यो, अमेरिकामा एकै दिन १२ सय को मृत्यु

1 min read

एजेन्सी । कोरोना भाईरसको संक्रमणका कारण विश्वभरी मृत्यु हुनेको संख्या ६९ हजार ४ सय ५६ पुगेको छ। सबै भन्दा धेरै इटालीमा मृत्यु भएका छन्। त्यहाँ मृतकको संख्या १५ हजार ८ सय ८७ पुगेको छ।

त्यस्तै स्पेनमा १२ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका छन्। त्यस्तै फान्समा ८ हजार भन्दा बढीको मृत्यु भएको छ। विश्वभरबाट अहिले सम्म २ लाख ६० हजार भन्दा बढी मानिस उपचार पछि निको भएका छन्।

यस्तै अमेरिकामा पछिल्लो २४ घटनामा कोरोनाबाट १२ सय जनाको ज्यान गएको छ। जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार एकै दिन त्यहाँ १२ सय जनाको मृत्यु भएको हो। योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६१६ पुगेको छ।

त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८६१ पुगेको छ। अमेरिकामा अहिलेसम्म १७ हजार ९७७ जना ठिक भएका छन्। अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र ४ हजार १५९ जनाको मृत्यु भएको छ। त्यस्तै न्यूजर्सीमा ९१७ जनाको मृत्यु भएको छ भने मिचिगनमा ६१७ जनाको ज्यान गएको छ।

त्यस्तै लुसियानामा ४७७, क्यालिफोर्नियामा ३४७, वाशिंटनमा ३३८, इलिनियोइसमा २७४, जर्जियामा २१९, मसाचुसेट्समा २३१, फ्लोरिडामा २२१, कोनेक्टीकटमा १८९, पेन्सिलभेनियामा १५०, कोलोरोड़ोमा १४०, टेक्सासमा १३३, इण्डियनामा १२७ र ओहियोमा ११९ जनाको मृत्यु भएको छ। न्युयोर्कमा अहिलेसम्म एक लाख २३ हजार १८ जना संक्रमित भएका छन्। त्यस्तै न्यूजर्सीमा ३७ हजार ५०५ जना संक्रमित भएका छन्।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक र महत्वपूर्ण लागेमा मास्क लगाउने बताएका छन्। सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडिसी० ले बाहिर निस्कँदा हरेक व्यक्तिले मास्क लगाउनु पर्ने बताए पनि ट्रम्पले त्यो सुझाव आफ्ना लागि नरहेको शुक्रबारको ब्रिफिङ्गमा बताएका थिए ।

तर आइतबार उनले भने, ‘मलाई मास्क लगाउनु पर्छ जस्तो लाग्यो भने लगाउँछु।’ ट्रम्पकी श्रीमती ९प्रथम महिला० मिलानिया ट्रम्पले लगातार मास्क लगाउनु पर्ने पक्षमा ट्वीट गर्दै आएकी छन्।

त्यसबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘उनलाई मास्क लगाउने कुरा राम्रो लागेको छ, धेरै व्यक्तिलाई जस्तै । मलाई भने त्यस्तो लाग्दैन । तर मलाई महत्वपूर्ण लाग्यो भने मास्क लगाउँछु ।’

Leave a Reply

Your email address will not be published.