October 19, 2021

Halkhabar kura

Entertainment Site

ज्यानमारा रेमिटेन्समा वृद्ध आमा सुर्विता भण्डारीहरुको आँशुले भरिएको छ, एक अकल्पनीय पिडाको भिडियो

1 min read

मरिसकेको मान्छे- पश्चिम नेपालकी वृद्ध आमा सुर्विता भण्डारीको पूर्वी नेपालको सन्तोषी तामाङको परिवारसँग भएको अकल्पनीय सम्बन्धको तानाबाना ।

वैदेशिक रोजगारीले दुईवटा अन्जान परिवारमा निम्त्याएको चलचित्र जस्तै लाग्ने घटनाहरुको नालीबेली ।

‘मरिसकेको मान्छे’ सन् २०१८ मा हेर्ने कथाका विद्या चापागाई र कमल कुमारले उज्यालो मल्टिमिडियाको सहकार्यमा निर्देशन गरेको वृत्तचित्र हो ।

यस वृत्तचित्र सोही वर्षको काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली विधामा उत्कृष्ट भएको थियो ।

हेर्ने कथाको ५१ औं अंकमा पहिलो पटक ‘मरिसकेको मान्छे’ सार्वजनिक भएको छ ।

मरिसकेको मान्छे’ मरे भनेर काजकिरिया भैसकेका तर जिउँदै फर्केका र बाँचे भनेर आश गरिएका मानिस पहिले नै मरेको मानिसको कथा हो ।

पूर्वको मोरङ र पश्चिमको बाग्लुङका अपरिचित दुई परिवारलाई साउदीमा भएको एक सडक दुर्घटनाले एकै ठाउँमा भेटाउँछ ।

दुर्घटनामा एक परिवारले आफन्त गुमाउँछन् । तर लास साटि‌‌दा दुवै परिवारले आफन्त गुमाउनुको पीडा भोग्नुपर्छ । मरिसकेको भनेका मानिस जिउँदै फर्किन्छन् भने जिउँदै छन् भनेका मानिसको आफन्तले लास समेत देख्न पाउँदैनन् ।

आफन्त गुमाउँदाको पीडा र मरिसकेको मानिस फेरि फर्किएर आउँदाको खुसी यो वृतचित्रमा देखाइएकाे हाे ।

हेर्नुहोस भिडियो