November 28, 2021

Halkhabar kura

Entertainment Site

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाले कसरी गरिन यस्तो निर्णय ?

1 min read

काठमाडौं । नाताले भान्जी पर्ने समीक्षा संग्रौला र प्रधानमन्त्री केपी शर्मा ओलीको परिवारबीचमा निरन्तर आवातजावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्री निवास वालुवाटारमा पुगिरहन्थिन् ।

त्यहीबीचमा ओलीको १२ बर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आयो । उनी पटक पटक विरामी पर्न थाले ।

प्रधानमन्त्रीलाई बीचबीचमा रगत चढाउनुपर्ने अवस्था पनि आयो । प्रधानमन्त्रीको रगत ‘ओ नेगेटिभ’ अर्थात दुर्लभ समूहमा छ । संयोगले समीक्षाको पनि ओ नेगेटिभ नै हो ।

त्यसैले उनले मामालाई रक्तदान पनि गरिन । तर ओलीको मिर्गौलाको कार्यक्षमतामा निरन्तर ह्रास आयो । अन्ततः मिर्गौला प्रत्यारोपण गर्ने टुंगो भयो ।

तर, कसको मिर्गौला लिने भन्ने विषयमा छलफल भयो । रक्तदान गर्दै आएकी समीक्षा तयार भइन । हुन त अन्य पनि इच्छुक थिए । तर नाता र स्वास्थ्यका हिसाबले समीक्षाको मिर्गौला छनोट भयो ।

मिर्गौला दान गर्ने निर्णय गर्दा समीक्षाले प्रधानमन्त्री निवास बालुवाटारमा भनेकी थिइन्,‘केपी ओली मेरो मामा मात्र होइन, यो देशको प्रधानमन्त्री हो र देशलाई समृद्ध बनाउने सपना लिएर हिंडेको नेता हो ।

त्यसैले मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान दिने निर्णय गरेकी हुँ ।’ समीक्षाका पति नेपाली सेनामा कार्यरत छन् । उनीहरुका एक छोरा र एक छोरी छन् ।

नाताले भान्जी पर्ने समीक्षा संग्रौला र ओलीको परिवारबीचमा निरन्तर आवातजावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्री निवास वालुवाटारमा पुगिरहन्थिन् ।

त्यहीबीचमा ओलीको १२ बर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आयो । उनी पटक पटक विरामी पर्न थाले ।

प्रधानमन्त्रीलाई बीचबीचमा रगत चढाउनुपर्ने अवस्था पनि आयो । प्रधानमन्त्रीको रगत ‘ओ नेगेटिभ’ अर्थात दुर्लभ समूहमा छ । संयोगले समीक्षाको पनि ओ नेगेटिभ नै हो ।

त्यसैले उनले मामालाई रक्तदान पनि गरिन । तर ओलीको मिर्गौलाको कार्यक्षमतामा निरन्तर ह्रास आयो । अन्ततः मिर्गौला प्रत्यारोपण गर्ने टुंगो भयो ।

तर, कसको मिर्गौला लिने भन्ने विषयमा छलफल भयो । रक्तदान गर्दै आएकी समीक्षा तयार भइन । हुन त अन्य पनि इच्छुक थिए । तर नाता र स्वास्थ्यका हिसाबले समीक्षाको मिर्गौला छनोट भयो ।

मिर्गौला दान गर्ने निर्णय गर्दा समीक्षाले प्रधानमन्त्री निवास बालुवाटारमा भनेकी थिइन्,‘केपी ओली मेरो मामा मात्र होइन, यो देशको प्रधानमन्त्री हो र देशलाई समृद्ध बनाउने सपना लिएर हिंडेको नेता हो ।

त्यसैले मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान दिने निर्णय गरेकी हुँ ।’ समीक्षाका पति नेपाली सेनामा कार्यरत छन् । उनीहरुका एक छोरा र एक छोरी छन् । नयाँ पत्रिका दैनिकबाट

Leave a Reply

Your email address will not be published.