November 28, 2021

Halkhabar kura

Entertainment Site

५५ हजार बढि मानिस कोरोनाको उपचारपछि घर फर्किए

1 min read

एजेन्सी । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेको छ। हिजो मात्रै थप ४१ जनाको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। सबैभन्दा बढी प्रभावित कोडोग्नो सहरमा ठूलो संख्यामा मानिसहरु संक्रमित रहेको बताइएको छ।

सहरका झण्डै ५० हजार मानिस क्वारेन्टाईनमा छन्। इटलीमा जम्मा ३ हजार ८ सय ५८ संक्रमित भेटिएका छन् भने मृत्यु हुनेको संख्या १४८ पुगेको छ। त्यसैगरी अमेरिकामा पनि मृत्यु हुनेको संख्या लगातार बढेको छ। वासिंङटन डिसीमा हिजो एकै दिन ५ जनाको मृत्यु भएको छ।

योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। संक्रमितको संख्या २ सय २६ छ। दक्षिण कोरियामा संक्रमितको संख्या ६ हजार २ सय ८४ पुगेको छ भने मृत्यु हुनेको संख्या ४० पुगेको त्यहाँको राष्ट्रिय रोगथाम तथा उपचार केन्द्रले जनाएको छ।

इरानमा मृत्यु हुनेको संख्या १ सय ८ पुगेको छ भने संक्रमितको संख्या ३ हजार ५ सय १३ छ । भारतमा संक्रमितको संख्या ३० पुगेको छ। यस्तै कोरोनाको उद्गमस्थल चीनमा मृत्यु हुनेको संख्या ३ हजार ४२ पुगेको छ।

त्यहाँ हिजो थप ३० जनाको मृत्यु भएको हो। कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ हजार ३ सय ८५ पुगेको छ भने संक्रमितको संख्या ९८ हजार ४ सय १५ पुगेको छ। जसमा ५५ हजार ६ सय ११ जना उपचारपछि घर फर्किएका छन्। चीनमा मात्रै ५३ हजार भन्दा बढी मानिस उपचारपछि घर फर्किएको चीनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुस,

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इरानले विभिन्न शहरमा यात्रा गर्न सर्वसाधारणलाई प्रतिवन्ध लगाएको छ ।

कोरोनाका कारण इरानमा मात्र १० जनाको मृत्यु भइसकेको छ । संक्रमण फैलन नदिन एक महिनाका लागि शिक्षण संस्थाहरु बन्द गरिएको छ ।

त्यसैगरी कागजी नोटको प्रयोग घटाउन पनि इरानले आग्रह गरेको छ । यसैबीच विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले केही देशले कोरोनाको संक्रमण नियन्त्रणका लागि अझै प्रभावकारी कदम नचालेको आरोप लगाएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण ९२ हजार भन्दा बढी प्रभावित भएका छन् ।

जसमध्ये ८० हजार भन्दा चीनकै नागरिक संक्रमित भएको समाचारमा जनाइएको छ । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म तीन हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.