January 24, 2022

Halkhabar kura

Entertainment Site

भूकम्पको कथामा आधारित ‘नीरफूल’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

1 min read

काठमाडौँ । भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट भन्दा लामो उक्त ट्रेलरमा चलचित्रको मुख्य पात्र दयाहाङ राई, शान्ति वाइवा र अभिनेता बुद्धि तामाङलाई देखाईएको छ ।

मंगलबार सार्वजनिक गरिएको ‘नीरफूल’को ट्रेलरमा दयाहाङ र शान्तिलाई आफ्ना हराई रहेकी छोरीको खोजीमा बिभिन्न स्थानमा भौतारी रहेको दृश्यहरु समावेश गरिएको छ ।

चलचित्रमा दयाहाङ, शान्ति र बुद्धि तामाङ अलवा जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायत कलाकारको भूमिका रहेको छ । चलचित्रमा रेखा थापा अतिथि कलाकारको रुपमा देखा परेकी छिन् ।

आशिष भेटवालले निर्देशन रहेको यस चलचित्र फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो । जसमा कार्यकारी निर्मातामा दुबईकी सोनाम डोमा रहेकी छिन् ।

चलचित्रलाई सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा लेखेका हुन् । चलचित्रमा सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् ।

‘नीरफूल’ लाई प्रमोद कार्कीको छायांकन गरेका हुन् भने निमेश श्रेष्ठको सम्पादन गरेका हुन् । चलचित्रको प्रदर्शन मिति भने आगामी चैत ७ गते तोकिएको छ ।

संचारकर्मी फूलमान वलको निर्देशन रहेको फिल्म ‘नीरफूल’ फेरि एक साता पछि सरेको छ । ३० रिलिज मिति तोकिएको फिल्म सरेर चैत ७ मा पुगेको छ । यस अगाडि फागुन २३ मा रिलिज डेट तोकिएको यो फिल्म ‘म यस्तो गीत गाउँछु–२’ हिन्दी फिल्म ‘बाघी–३’ आउने भएपछि फागुन ३० मा सरेको थियो ।

‘नेपाली फिल्म उद्योगमा आपसी सहकार्यको संस्कार विकास होस् भन्ने हाम्रो चाहना हो’, निर्देशक वलले भने, ‘हातेमालो गरेर अघि बढे सबैलाई राम्रो हुन्छ ।’ आफ्नो मात्र होयन सबैको राम्रोका लागि आफुले फिलम सारेको वलले बताए ।

फिल्म ‘नीरफूल’को ट्रेलर मंगलबार सार्वजनिक हुँदैछ । भुकम्पमा परि विछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्ष कथा बताइएको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादक निमेष श्रेष्ठ हुन् भने वितरकमा गोविन्द शाही र मनोज राठी रहेका छन् ।

Leave a Reply

Your email address will not be published.