November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना कहर: पाँच रुपैयाँमा पाइने मास्क ५० रुपैयाँमा समेत पाउन छाड्यो

1 min read

काठमाडौं । चीनको वुहान शहरबाट फैलिएको नोवेल कोरोना भाइरसको त्राससँगै बजारमा मास्कको कालोबजारी सुरु भएको छ । कोरोना भाइरसबाट जोगिन मास्कको प्रयोग गर्नेहरु बढेसँगै यसको का-लो-ब-जा-री- सुरु भएको हो । यसअघि पाँचदेखि १० रुपैयाँमा पाइने मास्क अहिले ४० देखि ५० रुपैयाँमा बिक्री हुन थालेको छ ।

तर पनि नागरिकहरुले सजह रुपमा मास्क किन्न पाइरहेका छैनन् । कोरोना भाइरस संक्रमणको त्रा-स-सँगै बढेको का-लो-ब-जा-री-  नियन्त्रणमा सरकारले ध्यान नदिएको नागरिकहरुको गुनासो छ ।

बजारमा मास्कको कृतिम अभाव श्रृजना गरेर मूल्य बढाइएको आरोप व्यापारीहरुलाई लागेको छ । तर बढेको मूल्यमा समेत मास्क पाउन छाडेपछि नागरिकहरुमा स-न्त्रा-स- झनै बढेको छ । अहिले काठमाडौँका अधिकांश पसलहरुमा ‘मास्क छैन’ भन्ने सूचना टाँसिएको छ । उपभोक्तालाई बेच्नका लागि महँगो मूल्यमा समेत मास्क पाउन छाडेको खुद्रा व्यपारीहरु बताउँछन् ।

बजारमा कृतिम अभाव श्रृजना गरेर मास्कको कालोबजारी भइरहे पनि सरकारले यसबारे ठोस कदम नचालेको आरोप सर्वसाधारणहरुको छ । तर सरकारले मास्कको पर्याप्त उत्पादनका लागि निजी क्षेत्रसँग समन्यव गरिरहेको जनाएको छ । मास्कको थप उत्पादनका लागि निजी क्षेत्रसँग सरकारले समन्वय गरिरहेको र कालोबजारी नियन्त्रणका लागि पनि अनुमगनको कामलाई प्रभावकारी बनाइएको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले बताउनुभयो ।

एकातिर बजारमा मास्कको अभाव छ भने अर्काे तिर अत्यावश्यक औषधिको समेत अभाव हुन सक्ने सम्भावना बढेको छ । छिमेकी मुलुकहरुले तत्कालका लागि औषधिको निर्यातमा रोक लगाएपछि नेपालमा अभाव हुन सक्ने सम्भावना बढेको हो । तर आधारभूत औषधिहरुको सहज आपूर्तिका लागि भारत सरकारसँग पहल भइसकेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको समेत जिम्मेबारी सम्हालीरहनुभएका अर्थमन्त्री युवराज खतिवडाले बताउनुभयो । उहाँले मास्कसँगसँगै औषधिको सहज आपूर्तिका लागि समेत सरकार संवेदनशिल भएर लागिपरेको बताउनुभयो ।

जनजीवन त्र-सि-त भएका बेला बजारमा कृतिम अभाव श्रृजना गर्ने र अनावश्यक अफवाह फैलाएर आतंक मच्याउने गिरोहहरु सक्रिय हुने गर्छन् । सरकारले यस्ता गिरोहलाई समयमै पहिचान गर्न सकेमा जनजीवन त्र-सि-त- हुने थिएन ।

कोरोना भाइरसको सम्भावित संक्रमणाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ। मास्कको का-लो-ब-जा-री- का कारण पोखरा र नेपालगञ्जका बजारमा अस्वाभाविक मूल्य तिर्नु परेको गुनासो उपभोक्ताले गरेका छन्।

माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर बेच्न थालेका हुन्। कृत्रिम अभाव सिर्जना गरी महँगोमा मास्क बेचेर रातारात पैसा कमाउने व्यापारीको समूह यस धन्दामा लागेको समाचार नागरिक दैनिकमा छ।

पोखराका औषधि पसलेले १० रुपैयाँ पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई ४५० मा बिक्री गरेको पाइएको छ। बढी मूल्य लिएर मास्क बेच्ने औषधि पसल स्थानीय प्रशासनले बन्द गरेको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार अनुगमन टोलीले पोखराको अस्पतालचोकस्थित परी फार्मेसी, महेन्द्रपुलस्थित स्याङ्जा मेडिकल हल र पस्र्याङस्थित अजिश मेडिकल फर्मामा छापा मारेको हो।

Leave a Reply

Your email address will not be published.