October 17, 2021

Halkhabar kura

Entertainment Site

यसरी सार्वजनिक भए अन्जु पन्तकि हुनेवाला पति, लेखे यस्तो मार्मिक पोस्ट शुभचिन्तकहरुलाई

1 min read

गायिका अञ्जु पन्तसँग विवाह गर्ने तयारीमा रहेका गीतकार थिर कोइरालाले सँगै बसेका तस्बिर सार्वजनिक गरेका छन्।

उनले सञ्चारमाध्यममा आएका कुरा सत्य हो भन्दै आफूहरू चाँडै विवाह गर्ने तयारीमा रहेको जानकारी दिएका हुन्।

सामाजिक सञ्जालमार्फत दुई जना सँगै बसेका तस्बिर सार्वजनिक गर्दै कोइरालाले लेखेका छन्, ‘तपाईंले मिडियामा सुनेको खबर सत्य हो, हामी केही समयदेखि एकअर्काको प्रेममा छौं र निकट भविष्यमा नै एक हुने तयारीमा छौं। कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौं।’

यस्तो छ कोइरालाको पोस्ट –

सबै कुराका लागि समय छ । अहिले विभिन्न सञ्चार माध्ययमहरुमा आइरहेका समाचारको कारणले हाम्रा शुभ–चिन्तक र हामीलाई माया गर्ने सबैमा जिज्ञासा हुनु स्वभाविकै हो । हामीले तपाईहरुको फोनकल र म्यासेजहरु प्राप्त गरिरहेका छौ तर सबैलाई जवाफ दिन असमर्थ छौँ ।

अब तपाईहरुको खुल्दुली मेटाउने सायद यहि नै सहि समय होला भन्ने लाग्छ । तपाईले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि एकअर्काको प्रेम छौँ र निकट भविश्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ ।

तपाईहरुको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले हामीलाई अझ उत्साह मिलेको छ र भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गर्दछौँ ।

There is a time for everything, and a season for every activity under the heaven. We are aware of the viral news about us on different media outlets.

We would like to officially inform you that it is true that we have been in a relationship since 2020, and we are going to marry in the near future. Thank you for your prayer and support, which has increased our excitement. Thank you!