January 21, 2022

Halkhabar kura

Entertainment Site

नवजात शिशुमा नोवेल कोरोना भाइरसको संक्रमण, मृत्यु हुनेको संख्या ५६३ पुग्यो

1 min read

एजेन्सी । चीन नवजात शिशुलाई नोवेल कोरोना भाइरसको संक्रमण भएको छ । जन्मिएको ३० घण्टाभित्रै ती शिशुमा कोरोनाको संक्रमण भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

अहिलेसम्म सबैभन्दा कम उमेरका व्यक्तिमा कोरोनाको संक्रमण भएको घटना हो यो । वुहानको स्थानीय अस्पतालमा फेब्रुअरी २ मा ती शिशु जन्मिएका हुन् । वुहानबाटै गएको डिसेम्बरमा नोवेल कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको थियो ।

शिशुकी आमाको परीक्षण गरिएको थियो सुत्केरी हुनु पूर्व । उनमा संक्रमण देखिएको थियो । तर शिशुमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन।

अहिलेसम्म सीमित बालबालिकामा मात्रै नोवेल कोरोना भाइरसको संक्रमण भएको छ । हालसम्म नोवेल कोरोना भाइरसका कारण ५६३ जनाको मृत्यु भएको छ । २८ हजार १८ जनामा संक्रमण पुष्टि भएको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले नवजात शिशुमा नोवेल कोरोनाको संक्रमण भएको जानकारी बुधबार मात्रै दिएको हो । जन्मिदा ३.२५ किलो रहेका शिशु हाल स्थिर अवस्थामा रहेको र उनलाई डाक्टरको निगरानीमा रोखिएको छ ।

चीन बाहिर २५ देशका १९१ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीन बाहिर अहिलेसम्म दुईजनाको मृत्यु भएको छ ।

के हो कोरोना ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।

यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ । यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

चीन नवजात शिशुलाई नोवेल कोरोना भाइरसको संक्रमण भएको छ । जन्मिएको ३० घण्टाभित्रै ती शिशुमा कोरोनाको संक्रमण भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

अहिलेसम्म सबैभन्दा कम उमेरका व्यक्तिमा कोरोनाको संक्रमण भएको घटना हो यो । वुहानको स्थानीय अस्पतालमा फेब्रुअरी २ मा ती शिशु जन्मिएका हुन् । वुहानबाटै गएको डिसेम्बरमा नोवेल कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको थियो ।

शिशुकी आमाको परीक्षण गरिएको थियो सुत्केरी हुनु पूर्व । उनमा संक्रमण देखिएको थियो । तर शिशुमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन।

अहिलेसम्म सीमित बालबालिकामा मात्रै नोवेल कोरोना भाइरसको संक्रमण भएको छ । हालसम्म नोवेल कोरोना भाइरसका कारण ५६३ जनाको मृत्यु भएको छ । २८ हजार १८ जनामा संक्रमण पुष्टि भएको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले नवजात शिशुमा नोवेल कोरोनाको संक्रमण भएको जानकारी बुधबार मात्रै दिएको हो । जन्मिदा ३.२५ किलो रहेका शिशु हाल स्थिर अवस्थामा रहेको र उनलाई डाक्टरको निगरानीमा रोखिएको छ ।

चीन बाहिर २५ देशका १९१ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चीन बाहिर अहिलेसम्म दुईजनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.