November 29, 2021

Halkhabar kura

Entertainment Site

विश्वकप क्रिकेट लिग–२ : ओमान र अमेरिका आज आमनेसामने हुँदै

1 min read

काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो सिरिज खेल्न नेपाल आएका ओमान र अमेरिका आज (बिहिबार) आमनेसामने हुँदैछन् । यसअघि दुवै टिमले दुई सिरिज खेलिसकेका छन् ।

अमेरिका ८ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको शिर्ष स्थानमा छ । ओमान ७ खेलमा ५ जित सहित १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । ओमानले भने दोस्रो सिरिजको दुई खेल गुमाएको थियो ।

उसको राजाको निधनका कारण दोस्रो सिरिजको अन्तिम २ खेल खेलेको थिएन । सिरिज खेल्न नेपाल आएका दुवै टिमको लक्ष्य सबै खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहनु हो । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

नेपाल भ्रमणमा ओमानले एक खेलिसकेको छ । अमेरिका भने पहिलो खेल खेल्न लागेको हो । ओमानले पहिलो खेलमा घरेलु टोली नेपाललाई कम रन बनेको खेलमा १८ रनले पराजित गरेको थियो ।

बिहिबार अमेरिका र ओमान दुवै टिम जित निकाल्ने लक्ष्य सहित मैदान प्रवेश गर्ने छन् । दुवै टिम गत वर्ष भएको डिभिजन २ मा एकदिवसीय मान्यता पाएपछि लिग–२ का लागि छनोट भएका थिए ।

७ राष्ट्र सहभागी लिग–२ मा हरेक टिमले ३६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छन् । शीर्ष ३ मा रहने राष्ट्रले सिधै सन् २०२३ को विश्वकप छनोटमा स्थान बनाउने छन् ।

यस अघि हिजो बुधबार भएको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । १७९ रनमा ‘अलआउट’: बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल १८ रनले पराजित भएको हो ।

१९८ रनको चुनौती पछ्याएको नेपाल ४६ ओभर ५ बलमा ‘अलआउट’ हुँदै १७९ रनमा समेटियो ।

सन्दीपले जोडे २८ रन: शरद भेषावकरले सर्वाधिक ५५ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३६ रन जोडे । शरदसँग आठौं विकेटका लागि ३८ रनको साझेदारी गर्नेक्रममा सन्दीप लामिछानेले २७ बलमा २८ रन बनाए । जसमा तीन चौका र एक छक्कासमेत सामेल थियो ।

विनोद भण्डारीले २५ बलमा २६ रन जोडे । अन्य खेलाडीले दोहोरो रनसमेत बनाउन सकेनन् ।

सुरुदेखि नै दबाबमा: ४ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ललाई १ तथा पूर्वकप्तान पारस खड्कालाई ३ रनमा गुमाएर धरासायी बनेको नेपाल सुरुआतदेखि नै दबाबमा आएको थियो ।

ओमानको १९७ रन, करणको ४ विकेट: यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । मोहम्मद नदिमले अविजित ६९ रन बनाएको इनिङ्समा करण केसीले ४, सुशन भारीले ३ विकेट तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

सन्दीप लामिछाने, पारस खड्का र अविनाश बोहरा भने विकेटविहीन रहे ।

Leave a Reply

Your email address will not be published.