January 24, 2022

Halkhabar kura

Entertainment Site

ललिता निवास प्रकरण : माधव नेपाल र विष्णु पौडेललाई उन्मुक्ति दिएको भन्दै विश्वप्रकाशको कटाक्ष

1 min read

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकणरमा नेपाल कम्युनिस्ट पार्टीका नेतालाई उन्मुक्ति दिएको भन्दै नेपाली कांग्रेस प्रवक्ताले आपत्ति जनाएका छन्।

प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार साँझ एक ट्विट गर्दै कटाक्षका साथ आपत्ति प्रकट गरेका हुन्। कांग्रेस नेता विजयकुमार गच्छदारलाई मुद्दा दायर गरिएको तर नेकपा नेता नेपाल र पौडेललाई भने उन्मुक्ति दिएप्रति उनको कटाक्ष छ।

‘श्री माधवकुमार नेपालका पाला (नेपाल प्रधानमन्त्री भएको समयमा) मा नितिगत निर्णय। एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा,’ उनले ट्विटमा लेखका छन्, ‘मुद्दा कसलाई? विजय गच्छदारलाई!’

प्रसिद्ध बेलायती उपन्यासकार जर्ज ओरवेलको पुस्तक ‘एनिमल फार्म’को उदाहरण दिँदै उनले असन्तुष्टि समेत प्रकट गरेका छन्। पुस्तकको कोट ‘सबै जनावर समान हुन्। तर केही जनावर अरूभन्दा बढी समान हुन्छन्’ लाई साथमा लिएर उनको असन्तुष्टि बाहिरिएको हो।

अख्तियारले ललिता निवास प्रकरणमा जोडिएका नेता गच्छदारसहित १७५ विरुद्ध विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरको छ। निवासको जग्गाको केही अंशको धनीपुर्जा विष्णु पौडेलका छोराका नाममा समेत भएको सार्वजनिक भएपछि पौडेल विवादित बनेका थिए।

यस्तै  बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने संलग्नमाथि चार पूर्वमन्त्री दुई पूर्व सचिव लगायत १७५ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीहरू विजय कुमार गच्छदार, चन्द्रदेब जोशी, डम्बरबहादुर श्रेष्ठ तथा छविराज पन्त विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

त्यसै गरी पूर्व सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्व आयुक्त दीपबहादुर बस्नेत, दिनेशहरि अधिकारी विरुद्ध पनि मुद्दा दायर गरेको छ । त्यस्तै सो त्यस्तै सो प्रकरणका मुख्य पात्र भनिएका शोभाकान्त ढकाल तथा मीनबाहदुर गुरुङ विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले पूवमन्त्री गच्छदार विरुद्ध नौ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशी विरुद्ध सात करोड आठ लाख ४८ हजार, डम्बरबहादुर श्रेष्ठ विरुद्ध नौ करोड ६५ लाख ७६ हजार विगो कायम गरेकाे छ ।

त्यस्तै पूर्व सचिव दिनेशहरि अधिकारी विरुद्ध सात करोड आठ लाख ४८ हजार दीप बस्नेतको नौ करोड ६५ लाख ७६ हजार छविराज पन्त नौ करोड ६५ लाख ७६ हजार विगो कायम गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी गराउनुभयो ।

त्यस्तै यस काण्डका मुख्य पात्र शोभाकान्त ढकल विरुद्ध ३९ करोड २७ लाख ६८ हजार र भाटभटेनी सुपर मार्केट मालिक मीनबहादुर गुरुङ ११ करोड २० लाख

सो मुद्दामा ११० जना विरुद्ध विगो तथा सजायँको माग दावि गरेको र एनआरएनकाे जग्गा सहित  ६५ जनाको भने सम्पति जफत गर्न माग बुधबार दायर आरोप पत्रमा छ ।

Leave a Reply

Your email address will not be published.