May 25, 2022

Halkhabar kura

Entertainment Site

आमाबुबाले समेत ‘माया मारेकी’ सुनमायाले थाइल्याण्डमा पहिलो भएर देशकै इज्जत राखिन् (भिडियो)

1 min read

सीताराम कोइराला – ‘तिमी कहिले मर्छौ सुनमाया?’ छिमेकीहरू सुनमाया बुढालाई घरिघरि एउटै प्रश्न सोधिरहन्थे।

मुटु नै छेड्ने यो प्रश्न तीनवर्षे सुनमायाको बाल मस्तिष्कका लागि भने गम्भीर थिएन। उनी आउँदै गरेको साउने संक्रान्तिको रमाइलो सम्झिन्थिन् अनि तोतेबोलीले जवाफ फर्काउँथिन्, ‘साउने संक्रान्ति खाएर मर्छु।’

एक छोरा र सात छोरीमध्ये सुनमाया पाँचौं सन्तान हुन्। एक वर्षमै बहिनी जन्मिएपछि सुनमायालाई स्याहार पुगेन। आमाको दूधधरि पुग्दो चुस्न पाइनन्। बिस्तारै दुब्लाउँदै जान थालिन्। फुटेको तोतेबोली पनि बिस्तारै निभ्दै जान थाल्यो। चल्न-चटपटाउन नसक्ने अवस्थामा पुगिन्।

आमाबा उनलाई ‘के भयो, कता दुख्यो?’ भनेर सोध्थे। उनी जवाफ फर्काउन सक्थिनन्।

एकोहोरो हेरिरन्थिन्। आँखाबाट आँशु झारिरहन्थिन्।

गाउँका मान्छे सुनमायालाई कुपोषण लाग्यो भन्थे। जुम्ला सदरमुकामबाट चार घन्टा पैदल दुरीको पातारासीमा अस्पताल थिएन। खेती किसानी गर्ने सामान्य परिवारले छोरीलाई उपचार निम्ति सदरमुकाम लैजाने हिम्मत गर्न सकेन।

छोरी ओछ्यान परेपछि पिरले सेकिएकी आमाले घरेलु उपचारको उपाय लगाउन थालिन्। जडिबुटी र घरेलु औषधि जोहो गरिन्। तीन-चार महिनासम्म पनि केही परिवर्तन देखिएन।

त्यसपछि हिमाली जुडिबुटीले बिस्तारै काम गर्‍यो सायद, सुनमाया आठ-नौ महिनापछि तंग्रिन थालिन्।

आमाबुबाले समेत ‘माया मारेकी’ सुनमाया बाँच्छिन् भन्ने छिमेकीहरूलाई थिएन। उनीहरू तंग्रिएकी सुनमायालाई जिस्क्याएर त्यही गम्भीर प्रश्न सोधिरहन्थे- ‘तिमी कहिले मर्छौ सुनमाया?’

जवाफमा साउने संक्रान्तिको भाका राखेकी सुनमायाले त्यसपछि भने कहिल्यै त्यस्तो गम्भीर प्रश्न सामना गर्नुपरेन। उनी आफ्नो परिवार र गाउँकै उदाहरण बनिन्।

बाल्यकालदेखि नै बाँच्ने संघर्ष गर्दै हुर्केकी सुनमाया अहिले परिवारका लागि मात्र होइन, देशकै ‘हिरा’ बनेर चम्किरहेकी छन्।

दुई साताअघि थाइल्यान्डको चाङ माईमा भएको ‘थाइल्यान्ड बाई युटिएमबी’ अल्ट्रा दौडमा उनी महिलातर्फ पहिलो भइन्। उनले १ सय १० किलोमिटर दौडतर्फ पुरूष खेलाडीहरूलाई समेत टक्कर दिएकी थिइन्। अल्ट्रातर्फकै ठूलोमध्ये एक युटिएमबी दौडमा पुरूष र महिलातर्फ समग्र नतिजामा तेस्रो भएर देशकै इज्जत राखिन्। –sabhaar -setopti