November 28, 2021

Halkhabar kura

Entertainment Site

जापानामा नर्सिङ केयरगिभरका लागि आवेदन माग, दुई हजार ३०० का लागि भाषा परीक्षा सञ्चालन गर्ने

1 min read

काठमाडौँ । वैदेशिक रोजगारका लागि आकर्षण गन्तव्य मानिएको जापानामा दोस्रो चरणमा नर्सिङ केयरगिभरका लागि आवेदन माग गरिएको छ । जापानले नेपालबाट नर्सिङ केयरगिभरमा योग्यता पुगेकाका लागि जापानी भाषा परीक्षा सञ्चालन गर्नका लागि मिति सार्वजनिक गरिसकेको छ । नेपालबाट जापानमा केयरगिभर लैजान जनवरी र मार्चमा गरी दुई सिफ्टमा भाषा परीक्षण सञ्चालन गर्ने गरी मिति सार्वजनिक गरिएको हो ।

भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउन्डेसनले यो जनवरी र मार्चमा गरी दुई हजार ३०० जनाका लागि भाषा परीक्षा सञ्चालन गर्ने छ ।फाउन्डेसनका अनुसार जनवरीमा आवेदन दिएकामध्येबाट एक हजार र मार्चमा आवेदन आएकामध्येबाट एक हजार ३०० जनालाई चिठ्ठाको माध्यमबाट छनोट गरी दुई सिफ्टमा भाषा परीक्षा गरिने छ ।

Leave a Reply

Your email address will not be published.