January 24, 2022

Halkhabar kura

Entertainment Site

मौसमः उच्च पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने तथा भारी हिमपातको सम्भावना

1 min read

काठमाण्डौ । अहिले काठमाण्डौसहित देशका मध्य र पूर्वका केही ठाउँमा कुहिरो लागेको छ । अहिले लागेको कुहिरो दिउँसोपछि हट्ने र घाम लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिए । तर बेलुकापछि भने पश्चिमी वायुको प्रभाव पश्चिमी क्षेत्रमा देखिने भएकाले राति पश्चिमी क्षेत्रको मौसम बदली हुने र हल्का पानी पर्ने सम्भावना छ ।

मङ्गलबारदेखि देशका उच्च पहाडी र हिमाली भेगमा पानी पर्ने र भारी हिमपात हुने भएकाले चिसो बढ्ने सम्भावना छ । तर काठमाण्डौसहित मध्य र तराईका भूभागमा भने पानी पर्ने सम्भावना खासै नभएको उनले बताए । यी क्षेत्रमा भने सामान्य खालको बदली मात्रै हुनेछ । मङ्गलबार र बुधबार उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना भए पनि बिहीबारदेखि भने फेरि मौसममा सुधार हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published.