October 28, 2021

Halkhabar kura

Entertainment Site

राष्ट्रपतिद्वारा भारतीय सेना प्रमुख नरवणेलाई मानार्थ महारथी उपाधि प्रदान

1 min read

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज भएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले सेना प्रमुख नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गर्नुभउको हो ।

नेपाल र भारतका सेनापतिले एक अर्को देशको मानार्थ सेनापतिको उपाधि प्राप्त गर्ने प्रचलन रहेको छ ।

तीन दिने नेपाल भ्रमणका लागि सेना प्रमुख नरवणे बुधबार काठमाडौं आइपुगेका हुन् । उनले वसन्तपुर, पशुपतिनाथलगायत धार्मिक स्थलहरुको भ्रमणसमेत गरेको छन् ।

साथै, सेना प्रमुख नरवणेले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published.