October 28, 2021

Halkhabar kura

Entertainment Site

जो’खिम मो’लेरै ट्रा’फिकले सेवा दि’इरहेको छ

1 min read

महानगरीय ट्रा’फिक प्र’हरी म’हाशाखाका प्र’मुख प्रहरी वरिष्ठ उ’परीक्षक भीमप्रसाद ढकाल भन्छन्, ‘विभिन्न का’लखण्डमा चु’नौती व्य’होर्दै आएको ट्राफिक प्रहरी वि’श्वव्या’पी को’रोना म’हामा’रीमा उ”च्च मनोबलका साथ सडकमा ख’टिएको छ।’ महामारीमा ट्राफिक व्य’वस्थापन, सं’क्रमणको उच्च जो’खिमलगायत विषयमा सुवास गोतामेले एसएसपी ढकालसँग गरेको कुराकानीको सम्पादित अंश :

महामारीमा ट्राफिक व्यवस्थापन कसरी भइरहेको छ ?
संक्रमणको असर सर्वत्र रहेका बेला ट्राफिक पनि अछुतो रहने कुरा भएन। फ्रन्टलाइनमा खटिने भएकाले पनि ट्राफिक प्रहरी उच्च जोखिममा छन्। जोखिम हुँदाहुँदै पनि सवारी व्यवस्थापनमा हामी चुकेका छैनौं। डमी ट्राफिक बनाएर होस् वा प्लेकार्ड बोकेरै हामीले आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छौं।

हालसम्म कति ट्राफिक प्रहरी संक्रमित भए ?
सुरुमा पाँचजनाबाट देखिएको कोरोना संक्रमण बढ्दै तीन सय ४५ जनामा पुग्यो। महाशाखाकै धेरैलाई संक्रमण देखिएपछि सिल नै गर्नुपर्‍यो। उपत्यकामा काम गर्ने एक हजार दुई सय ३६ जना ट्राफिकमा परीक्षण गर्दा तीन सय ४५ मा संक्रमण देखिएको हो। हाल तीन सय नौजना निको भएर काममा फर्किसके। ३१ जना अहिले क्वारेन्टिनमै छन्। पाँचजना होम आइसोलेसनमा छन्। नौजनामा पुनः कोरोना देखिएको छ।

संक्रमण बढिरहेका बेला ट्राफिक ड्युटीमा जान मान्छन् ?
नमान्ने प्रश्नै आउँदैन। सरकारले दिएको जिम्मेवारी जस्तोसुकै कठिन परिस्थितिमा पनि गर्छौं भनेर शपथ खाएका छौं। यतिबेला हामीले परिवारलाई दोस्रो प्राथमिकतामा राखेर सडक व्यवस्थापनमै जोड दिनुपरेको छ। शंका लागेकालाई स्वास्थ्य जाँच गर्छौं। डीएसपीको कमान्डमा हेल्थ सेन्टर राखिएको छ। संक्रमण देखिएकालाई क्वारेन्टिनमा राख्छौं। आलोपालो गरेर खटिएका छौं।

संक्रमणबाट जोगिन कस्ता प्रयास गरिएको छ ?
कार्यालय प्रवेशद्वारमा साबुनपानीले हात धुने व्यवस्था छ। कार्यालय भित्रिने र बाहिरिने सम्पूर्णको स्वास्थ्य चेकजाँच र सवारी साधन किटाणुरहित गर्ने काम गरिरहेका छौं। सबै ट्राफिक प्रहरी कर्मचारीलाई मास्क, पन्जा, साबुन, सेनिटाइजर, चस्मा तथा केहीलाई पीपीईसमेत वितरण गरेर ड्युटीमा खटाइरहेका छौं। ब्यारेकमा एक मिटर दूरीमा खाट राखेर सुत्ने व्यवस्था गरिएको छ। कार्यक्षेत्रमा खटिँदा दुई मिटरको सामाजिक दूरी कायम गरेका छौं। बिदामा गएर फर्किएकालाई छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको छ। कुनै पनि ट्राफिकलाई स्वास्थ्यमा समस्या (रुघाखोकी वा अन्य) आएमा तुरुन्तै प्रहरी अस्पतालमा स्वास्थ्य जाँचमा पठाउँछौं। प्रत्येक ट्राफिक कार्यालयको परिसरलाई नियमित दिनमा दुईपटक विषादी छर्किएर किटाणुरहित बनाउँदै आएको छौं।

ट्राफिक प्रहरीको जनशक्ति व्यवस्थापन कसरी भइरहेको छ ?
तालुक कार्यालयको निर्देशनबमोजिम पाँच सय पाँच जनशक्तिबाट १५/१५ दिन कार्यालय सञ्चालन मिलाइएको छ। आइसोलेसनमा बस्ने संक्रमित ट्राफिक कर्मचारीलाई प्रहरी निरीक्षकको कमान्डमा नियमित टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्था र समस्या बुझ्ने गरिएको छ। जनशक्ति अभाव भएका र चालकले देख्ने २८ स्थानमा डमी ट्राफिक बनाएर राखेका छौं। सीसीटीभी पहुँच भएका स्थानमा सीसीटीभीबाटै पनि मनिटरिङ भइरहेको छ। सवारी चाप बढी हुने समयमा सबै जनशक्ति सडकमै परिचालन गर्दै आएका छौं।

जोखिममा काम गर्ने प्रहरीलाई भत्ताको व्यवस्था छ कि छैन ?
पहिलो कुरा हामी भत्ता नपाए काम गर्दैनौं भनेर भनेका छैनौं। तर पनि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटिएका ट्राफिक प्रहरी कर्मचारीको मनोबल उच्च पार्न प्रहरी प्रधान कार्यालयबाट जोखिम भत्ता तथा बिमाको व्यवस्था मिलाइएको छ। सरकारले यसै पनि नियमित भत्ताको व्यवस्था गरेकै छ।

संक्रमण रोकथामका बाह्य प्रयास केकस्तो भएका छन् ?
संक्रमण रोकथामका लागि बाह्य प्रयास थालेका छौं, जुन दैनिक गरिने कामकारबाहीभित्रै पर्छ। अहिले जनपथ प्रहरीसँग मिलेर ४६ स्थानमा संयुक्त सुरक्षा जाँच गर्छौं। अत्यावश्यक भीडभाड भएका ठाउँमा पीपीई लगाएर २८ स्थानमा ट्राफिक खटिरहेको छ। हामीले माइकिङ तथा दुई सय २४ स्थानमा प्लेकार्ड देखाएर सचेत हुन नागरिकलाई खबरदारी गर्दै आएका छौं। मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जबाट हालसम्म ६० वटा स्थलगत रिपोर्ट, ३६ वटा अन्तर्वार्ता प्रसारण भइसकेका छन्। महाशाखाको ट्राफिक कन्ट्रोल रुम १०३, वेबसाइट, फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालबाट समेत कोरोनाबाट बच्ने उपायबारे सर्वसाधारणलाई सचेत गराएका छौं।

उपत्यका छिर्ने नाकामा ट्राफिक जाँच राम्रो भएन भन्ने गुनासो छ नि ?
नाकाबाट उपत्यका छिर्न पासको व्यवस्था लागू हुनुअघि हामीले अवस्था हेरेर मात्रै अत्यावश्यकलाई उपत्यका छिर्न दिएका थियौं। पास जारी भएपछि झन् सजिलो भयो। तर नाकाबाट भन्दा चोरबाटो प्रयोग गरेर उपत्यका छिर्ने धेरै भए। एम्बुलेन्सकै दुरुयोग गरेर पनि सर्वसाधारण उपत्यका भित्रिएको थाहै छ। पासकै पनि दुरुपयोग गरेर मान्छे ओसार्ने गाडीलाई हामीले नियन्त्रणमा लिएकै थियौं। आएका गुनासाको सम्बोधन गरिएको छ।

संक्रमणको फाइदा उठाएर धेरै सवारीले बढी भाडा उठाए भन्ने सुनिन्छ नि ?
जोर बिजोर प्रणाली लागू भएपछि भाडाका ट्याक्सी र साना सवारीसाधन चल्न थाले। मनमौजी भाडा लिएको गुनासो आयो। हामीले संक्रमणको महामारीमा पनि बढी भाडा लिने ५२ जना सवारी चालकलाई कारबाही गरेका छौं। मापदण्डभन्दा धेरै यात्रु बोक्ने चार हजार एक सय ७६ भाडाका सवारीसाधनलाई सम्झाइबुझाइ गरेर छाडिसक्यौं। अझै पनि समयसमयमा हामी यात्रुलाई सवारीसाधनले बढी भाडा लिएनलिएको सोध्ने गरेका छौं।

लकडाउनका अवधिमा के कति कारबाही भए ?
लकडाउन अवधिमा एक लाख ३३ हजार आठ सय ९० सवारीसाधन होल्ड गरेर सवारी धनीलाई जिम्मा लगायौं। म्याद गुज्रेका सवारी पास बोक्ने तीन हजार चार सय ६९ वटा सवारीलाई होल्ड गरेर छाड्यौं। लकडाउनमा पनि मापसे गरेर सवारी हाक्ने ४४ सवारी चालकलाई कारबाही गरेका छौं। पासविनाका पाँच हजार दुई सय ९० सवारीलाई फिर्ता पठाइयो। पहिलोपटक जोर लागू भएको बिजोर प्रणालीलाई कडाइ गर्‍यौं। यो नियम उल्लंघन गर्ने एक लाख ७४ हजार दुई सय ८८ वटा सवारी नियन्त्रणमा लिएर साँझ मात्रै छाड्ने व्यवस्था मिलाइयो। यसले पनि उपत्यकाको सवारी चाप नियन्त्रणमा ठूलो सहयोग गरेको छ। असोज १ गतेदेखि भएको जोरबिजोर प्रणालीलाई पनि कडाइ गर्दै आएका छौं। एक गतेदेखि हालसम्म १२ हजार ६१ वटा सवारीसाधन होल्ड गरेर दैनिक साँझ मात्रै छाड्दै आयौं।

लकडाउन खुलेपछि कति सवारी र यात्रु उपत्यका आउजाउ गरे ?
असोज एकदेखि हालसम्म उपत्यकामा विभिन्न नाकाबाट ६० हजार तीन सय आठवटा सवारीसाधन भित्रिसके। ती सवारीमा दुई लाख ५० हजार तीन सय ३७ जना मानिस उपत्यका भित्रिएका छन्। त्योसँगै ५९ हजार आठ सय २६ सवारी उपत्यका बाहिरिए भने दुई लाख ४८ हजार तीन सय ६७ जना मानिस उपत्यका बाहिरिएको हामीसँग अभिलेख छ।

संक्रमण बढ्दै जाँदाका चुनौती के देख्नुभएको छ ?
सरकारको मुख ताक्ने मात्रै होइन। कम्तीमा सामाजिक दूरी कायम गरी मास्क र स्यानिटाइजरको प्रयोग गरेमा मात्रै पनि संक्रमण फैलने जोखिम कम हुन्छ भन्ने मेरो बुझाइ हो।

Leave a Reply

Your email address will not be published.