October 19, 2021

Halkhabar kura

Entertainment Site

दैलेखका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु, मृतकको संख्या ३० पुग्यो

1 min read

बाँके । दैलेखका एक जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। दैलेखको नारायणपुर नगरपालिका वडा नम्बर ८ का ५१ वर्षीय पुरुषको आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।

आन्द्रामा पनि समस्या देखिएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबार नै शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो।

भर्ना गर्दाकै बेला ती पुरुषको स्वास्थ्य अवस्था जटिल रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ। ती पुरूषको मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

आइतबार नै बाँकेमा कञ्चनपुरकी एक २९ बर्षीया सुत्केरीको मृत्यु भएको थियो। बाँकेका २० र बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका १० गरी हालसम्म बाँकेमा ३० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published.