September 24, 2021

Halkhabar kura

Entertainment Site

काठमाडौंमा वर्षकै उच्च गर्मी

1 min read

आगामी तीनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तीन दिनसम्म प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । मौसमविद् मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेको अबको तीनदिनसम्म मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुुभयो ।

वर्षामा कमी आएसँगै देशभर गर्मी बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी ३३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । त्यसैगरी सवैभन्दा बढी विराटगरको तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रेकर्ड भएको छ भने जनकपुर, सिमरा र दीपायलमा ३७ डिग्री माथि तापक्रम पुगेको छ ।

प्रचण्डगर्मीका कारण समग्र तराइ क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ । तराइका जिल्लाहरुमा समेत बर्षा कमी भएपछि गर्मी ह्वात्तै बढेको हो । तराइका जिल्लाहरुमा ३३ देखि ३८ डिग्री सेल्सियस पुुगेको छ ।प्रचण्ड गर्मीका कारण विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेकाले पर्याप्त पानी पिउन, स्वच्छ तथा ताजा खानेकुरा मात्रै खान, तातो हावा चलेको र चर्को घाम लागेका बेला काम विशेषले बाहेक घरबाहिर ननिस्कन नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा.पप्पु कुमार जैसवालले सबैमा आग्रह गर्नुुभएको छ ।

गर्मीमबाट हुन सक्ने विभिन्न किसिमका रोगहरुबाट जोगिने झोलिलो खानेकुरा खान डा.जैसवालले सबैमा अनुरोध गर्नुुभएको छ

Leave a Reply

Your email address will not be published.