October 17, 2021

Halkhabar kura

Entertainment Site

राष्ट्र बैंककी निर्देशक सुष्मा रिजालले आमाको ३ करोडको सम्पत्ति खाएपछि पक्राउ परिन्

1 min read

सुष्माले भने बाबुआमाको सबै सम्पत्ति मात्रै हडपिनन् आमालाई अलपत्र पारेर छाडिन् अनि आमाले नै हालिन मुद्दा !

राष्ट्र बैँककी निर्देशक पदमा कार्यरत सुष्मा रिजाल रेग्मीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको छ ।

उनलाई पक्रनुको कारण हो–‘बुवा–आमाको सम्पत्ति खाएर हेला गरेको ।’ सुष्मा र उनका पति कमलप्रसाद रेग्मी मिलेर सासु शोभा रिजाल र ससुरा भुपेन्द्र रिजालको नाममा रहेको ३ करोड भन्दा बढी सम्पत्ति खाएको आरोप लागेको छ । कमलप्रसाद जल उत्पन्न प्रकोप विभागका पूर्व डिजी हुन् ।

ज्येष्ठ नागरिक ऐन–०६३ अनुसार संरक्षकले ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गर्न पाईंदैन । ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्रेर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

सुष्मा – फाइल फोटो

०७६ मंसिरमा भूपेन्द्रको मृत्युपछि शोभाले आफ्नो सम्पत्ति छोरी–ज्वाईंको जिम्मामा राखेकी थिइन् । पालन–पोषण गर्ने शर्तमा संरक्षक बनेर सम्पत्तिको जिम्मा लिएकी सुष्माले माछापुच्छ्रे बैंकमा राखेको पैसा र सुन अनधिकृत रुपले निकालेको आमाले दावी गरेकी छिन् ।

आमा (८४ वर्ष) शोभाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको एसएसपी सिंहले बताएका छन् । श्रृजना फाइनान्स र अरनिको सहकारीमा राखेको रकम पनि छोरी–ज्वाईंले झुक्याएर निकालेको र आफुलाई पालन–पोषण नगरेको आमाको आरोप छ । शेयर पनि झुक्याएर बेचेपछि शोभाले कानुनी उपचार खोज्दै जाहेरी दिएकी हुन् ।

रातोपाटीबाट