October 17, 2021

Halkhabar kura

Entertainment Site

८० करोड ठगेर भागेका गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ

1 min read

झण्डै ८० करोड रुपैयाँ ठगी गरेको आरोपसहित किटानी जाहेरी परेको ललितपुरको कुमारीपाटीस्थित गुडवील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले चितवन,भरतपुरबाट समातेर जाउलाखेल ल्याएको छ ।

परिसरमा चैत ५ गते उजुरी परेपछि फरार रहेका गोदावरी ठैबका ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले हिजो भरतपुर १० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनले विभिन्न व्यक्ति र संस्थालाई चर्को ब्याजको लोभ देखाएर निक्षेप संकलन गर्न लगाएका थिए । उनले हालसम्म ठगी गरेको रकम ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ रहेको पुष्टि भएको छ ।

श्रेष्ठको सहकारीबाट ठगिएका अन्य व्यक्तिलाई समेत कार्यालयमा सम्पर्क गर्न महानगरीय प्रहरी परिसर,जावलाखेलले अनुरोध गरेको छ ।

उनीमाथि सहकारी ऐन २०७४ र ठगीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।