November 28, 2021

Halkhabar kura

Entertainment Site

अभिनेता शाहरुख खानले ३० हजार भारतीय र २५ सय चिकित्सकलाई खाना खुवाउने

1 min read

काठमाडौं । भारतमा कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएको छ । जसका कारण मजदुर र विपन्न बर्गलाई जीवन धान्न कठिन भइरहेको छ ।

यसै सिलसिलामा बलिउड कलाकारहरुले विभिन्न सहयोगहरु गरिरहेका छन् । मजदुरहरुको दयनीय अवस्था देखेर अभिनेता शाहरुख खानले व्यक्तीगत र आफ्नो कम्पनी रेड चिल्लीकातर्फबाट कोरोनाविरुद्ध सहयोगको घोषणा गरेका छन् ।

अभिनेता शाहरुखले आर्थिक सहयोगसँगै विभिन्न सामग्री र खाद्यन्नको घोषणा गरेका छन् । उनले एक महिनासम्म मुम्बईका ५५ सय विपन्न परिवारलाई दैनिक खाना खुवाउने जिम्मा लिएका छन् । ५५ सय परिवारमा करिब ३० हजार व्यक्ति छन् ।

त्यस्तै उनले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५५ हजार पीपीई दिने ट्वीटमार्फत यस्तो घोषणा छन् । त्यस्तै अस्पतालका २५ सय कर्मचारीलाई एक महिनासम्म खाना खुवाउने जिम्मा लिएका छन् ।

यस्तै भारतीय चर्चित अभिनेता अक्षय कुमारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम कोषमा २५ करोड सहयोग गरेका छन् । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण लागि प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको कोषमा अभिनेता अक्षयले २५ करोड सहयोग दिने घोषणा गरेका हुन् ।

अक्षयले सबैसँग सहयोगका लागि अपिल समेत गरेका छन् । मोदीले उनलाई धन्यवाद समेत दिएका छन् ।

कमेडियन कपिल शर्माले ५० लाख सहयोगको घोषणा गरिसकेका छन् भने अभिनेता प्रभासले ४ करोड दिने बताएका छन् । अन्य सेलिब्रेटीहरुले पनि सहयोग गरिरहेका छन् ।

भारतमा अहिले २१ दिने लकडाउन गरिएको छ । त्यहाँ हालसम्म २५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ भने विश्वभर ६ लाख बढी संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published.